चितवनः बिद्युत चुहावट भई आगलागी हुँदा धनमालको क्षति भएको छ । भरतपुर महानगरपालिका वडा नम्बर ३, लायन्सचोक ओरालोस्थित चितवन दोहोरी साँझको हल कोठामा बिद्युत चुहावट भई आगलागी भएको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरिक्षक रविन्द्र खनालका अनुसार आज बिहान करिब ४ः१५ बजे युवराज अधिकारीको घरमा रहेको दोहोरी साँझको हलबाट आगलागी भएको हो ।
आगो लागेपछि भरतपुर महानगरपालिका, खैरहनी नगरपालिका र नेपाली सेनाका तीनवटा दमकलको सहायतामा करिब एक घण्टापछि, बिहान ५ः०५ बजे आगो नियन्त्रणमा ल्याईएको उहाँले जानकारी दिनुभयो ।
खनालका अनुसार आगलागीबाट करिब रु २५ देखि ३० लाख बराबरको धनमाल क्षति भएको छ । सो भवनको दुबै तर्फ व्यवसायीक भवनहरु जेडीएकाले थप क्षति हुन नदिन सुरक्षा निकाय र स्थानीयले आगो नियन्त्रणमा लिएका हुन् ।

प्रतिक्रिया दिनुहोस !