चितवनः जिल्ला कारागार कार्यालय चितवनबाट भागेका कैदी वन्दीहरु मध्ये ११ जना भारतीय नागरिक सहित १३९ जना अझै फर्किएका छैनन् । उनीहरु सहित २ जना बालबालिका समेत सम्पर्कमा आएका छैनन् ।
यस कारागारबाट भदौं २५ गते चार जना नावालक सहित ७४३ जना कैदी वन्दी भागेका थिए । ती मध्ये ५९१ जना यहाँ फर्किएका हुन भने ९ जना अन्य कारागारमा पुगेका छन् । उनीहरु सहित २ जना बालबालिका समेत सम्पर्कमा आएको कार्यालयका प्रमुख रविन्द्र प्रसाद ढुङ्गानाले जानकारी दिनुभयो । यस अघि सम्पर्कमा आएकाहरु समेत सम्पर्क बिहिन भएका हुन । सम्पर्क बिहिन भएकाहरुको सम्पर्क ठेगाना सहित सम्बन्धित प्रहरी इकाइहरुमा पत्राचार गरिएको ढुङ्गानाले जानकारी दिनुभयो ।
यसरी सम्पर्क बिहिन भएकाहरुमा धेरै लागु औषध र जवरजस्ती करणीका रहेको उहाँले जानकारी दिनुभयो । फरार भएका मध्ये दुर्लभ एक सिंगे गैंडा चोरी शिकारीका समेत रहेका छन् । कारागार कार्यालयले असोज २० गते सम्म कारागार कार्यालयको सम्पर्कमा आउनका लागि आग्रह गरेको थियो । कारागारले तोकेको समय सम्म सम्पर्कमा नआएमा कारागार ऐन २०७९ र प्रचलित कानून अनुसार कारवाही गरिने जनाएको थियो । फरार रहेका कैदी वन्दीलाई लुकाउने, आश्रय दिने गरेको पाईएमा आश्रय दिने व्यत्तिलाई समेत कसुरदार ठानी कारवाही गरिने उहाँले बताउनुभयो । अन्य नवलपरासी (वर्दघाट–सुस्ता)पूर्ब सहित अन्य जिल्लाका रहेका छन् ।
हाल फर्किएका मध्ये ६२ जनालाई प्रहरीले बिभिन्न स्थानबाट पक्राउ गरि कारागारमा बुझाएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरिक्षक गोविन्द पुरीले सबै इकाइमार्फत फरार कैदी वन्दीको खोजी भईरहेको बताउनुभयो । उहाँले भन्नुभयो “फरार व्यक्ति पक्राउ गर्न सबैको साथ र सहयोग आबश्यक छ ।”








