चितवन , १० जेठ :

भरतपुरम रहेकोे डन एकेडेमीमा सम्पन्न विद्यार्थी परिषद् अध्यक्ष तथा उपाध्यक्षको निर्वाचन  सप्पन्न  भएको छ ।  शुक्रबार भएको निर्वाचनमा  प्रतीक देवकोटा र सार्थक विक्रम विष्ट विजयी भएका छन् ।

निर्वाचनमा विद्यार्थीको उत्साहजनक सहभागिताबाट रहेको थियो । विद्यालयद्वारा आयोजित अतिरिक्त क्रियाकलाप अन्तर्गत विद्यार्थीलाई प्रजातान्त्रिक परिपाटीबाट मतदान प्रक्रियामा सहभागी गराइएको हो ।

निर्वाचनका विभिन्न चरण पार गर्दै  कक्षा ३ देखि कक्षा १० सम्म अध्ययनरत कुल २६९ जना विद्यार्थी मतदान प्रक्रियामा सहभागी भएका थिए। जसमध्ये २६३ अर्थात् ९७.७७% मत खसेको थियो।

त्यसैगरी  एकेडेमीले विद्यार्थी काउन्सिल अन्तर्गत स्कुल हेड र स्कुल डेपुटी हेडको निर्वाचन सम्पन्न गरेको छ । जसमा ६ जना स्कुल हेड र ६ जना स्कुल डेपुटी हेड गरी जम्मा १२ जनाको उम्मेदवारी रहेको थियोे  ।

निर्वाचनमा स्कुल हेडका लागि फुटबल चुनाब चिह्नका उम्मेदवार देवकोटा र स्कुल डेपुटी हेडमा क्रीकेट व्याट चुनाब चिह्नका विष्ट निर्वाचित भएको जानकारी मतदान अधिकृतको भूमिका निर्वाह गर्नुभएका प्रकाश ठकुरीले जानकारी दिनुभयो ।

उहाँले यस निर्वाचनका माध्यमबाट विद्यार्थीमा जित हारको नतिजा मात्रै नभएर प्रयोगात्मक सिकाइतर्फ समेत विद्यार्थीहरू अग्रसर हुने बताउनुभयो ।प्रजातान्त्रिक अभ्यासमा भागलिने विद्यार्थी उम्मेदवार एवम् विजयी उम्मेदवारहरूलाई उक्त एकेडेमीका प्राचार्य सङ्गीता ओस्ती विष्टले बधाइ एवम् शुभकामना व्यक्त गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !