चितवन: डेमोक्रेटिक एग्रिकल्चारिस्ट एसोशियसन- नेपाल (डान) बागमती प्रदेशको आयोजनामा नेपालको दुग्ध व्यवसयमा देखिएका समस्या र अबको बाटो बिषयमा भरतपुर ६ देवनगरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ | कार्यक्रममा देवनगर, गीतानगर, पारसनगर र आसपासका क्षेत्रका किसानहरुको उल्लेखनीय सहभागिता रहेको थियो | सो अन्तरक्रिया कार्यक्रमको सभापतित्व डान बागमती प्रदेश संयोजन समितिका संयोजक जीवन लामिछानेले गर्नुभएको थियो भने प्रमुख अतिथि नेपाली काँग्रेस चितवनका उपसभापति शालिकराम शर्मा पौडेल रहनु भएको थियो | त्यस्तैगरि कार्यक्रममा कृषि तथा बन बिज्ञान विश्वबिद्यालयका सहप्राध्यापक, राष्ट्रिय गाइ अनुसन्धान कार्यक्रमका संयोजक, जिल्ला कृषि विकास कार्यालयका प्रमुख, किसान महासंघका सचिब, सहकारी विभागका सदस्य, डान केन्द्रीय कमिटीका सदस्य र पत्रकारहरुको उपस्थिति रहेको थियो | कार्यक्रमको उद्धेस्य र स्वागत मन्तब्य समितिका सह-संयोजक सरोज रेग्मीले प्रकाश पार्नुभएको थियो |

कार्यक्रममा डान बागमती प्रदेशका सदस्य अन्जन अधिकारीले दुग्ध व्यवसायको समस्या र समाधान बिषयमा र कृषि तथा पशु बिज्ञान बिश्वबिद्यालयका प्राध्यापक डा, सुबिर संघले डेरी क्षेत्रमा सूचना प्रविधिको प्रयोगबारे कार्यपत्र प्रस्तुत गर्नुभएको थियो | सो प्रस्तुतिमा किसान र बिज्ञ बीच गहन छलफल भएको थियो |

उक्त कार्यक्रममा राष्ट्रिय गाइ अनुसन्धान कार्यक्रमका संयोजक, जिल्ला कृषि विकास कार्यालयका प्रमुख, सहकारी विभागका सदस्यले डेरी क्षेत्रको महत्व दर्शाउदै मन्तब्य राख्नुभएको थियो | कार्यक्रममा बोल्दै डानका केन्द्रिय सदस्य रामहरि तिमिल्सिनाले त्यस्तै गरि कार्यक्रमबाट आएका पृष्ठपोषण कृषि नीति तयार गर्नका लागि महत्पूर्ण रहने बतानुभयो | सो कार्यक्रमका प्रमुख अतिथि शालिकराम शर्मा पौडेलले डानले महत्वपुर्ण बिषयमा कार्यक्रम सम्पन्न गरेको बताउदै डानलाइ जिल्ला स्तरमा यथाशिघ्र विस्तार गर्नुपर्ने कुरा राख्नुभयो | कार्यक्रममा बोल्दै उक्त कार्यक्रमका सभापतिले आगामी दिनमा पनि डान नेपालले किसान र नेपाली कांग्रेसलाइ जोडन विभिन्न कार्यक्रमहरुलाई निरन्तरता दिने बताउनुभयो |

दुग्ध ब्यबसायबाट भोग्दै आएको समस्या र गुनासोहरुलाई प्रतिबेदनको रुपमा कृषि मन्त्रालयमा बुझाउने डान बागमती प्रदेशले जनाएको छ | उक्त कार्यक्रम बागमती प्रदेश डानका सचिब प्रशान्त दाहालले संचालन गरेका थिए |

प्रतिक्रिया दिनुहोस !