चितवन:कारागार कार्यालय चितवनमा रहेका १६ जनाले आम माफि पाएका छन् । प्रजातन्त्र दिवसको अबसरमा राष्ट्रपतिबाट उनीहरुले आम माफि पाएका हुन ।
कार्यालयका प्रमुख कमल प्रसाद आचार्यका अनुसार माफि पाउनेमा १५ जना पुरुष र १ जना महिला रहेका छन् । आम माफि पाउनेमा सवारी ज्यान मुद्धाका ६ जना, ज्यान मार्ने उद्योग मुद्धाका २ जना, चोरी मुद्धाका १ जना, कतव्य ज्यान मुद्धाका ३ जना, बहुबिबाह मुद्धाका २ जना, गैंडा मारि खाग बिक्रिगरेको मुद्धाका २ जनाले आम माफि पाएको उहाँले जानकारी दिनुभयो ।
कारागार कार्यालय चितवनमा १६ जनाले  माफि पाए संगै अहिले ७६७ जना कैदी वन्दी रहेका छन् । जस मध्ये ७१६ जना पुरुष र ५१ जना महिला रहेका छन् । कारागारमा ४ जना आश्रीत बालबालिका रहेको उहाँले वताउनुभयो । कारागारमा बस्दा अशल चालचलन भएका र ५० प्रतिशत कैद भूक्तान गरेकालाई आम माफिका लागि सिफारीस गर्ने गरीन्छ । सोही सिफारीका आधारमा राष्ट्रपतिबाट आम माफि हुने गरेको छ ।
कारागार कार्यालयमा पुरुष बन्दि गृहको क्षमता २५५ र महिला बन्दि गृहको क्षमता २५ रहेको छ । क्षमता भन्दा बढि कैदी बन्दी हुँदा व्यवस्थापनमा कठिन हुने गरेको कारागार प्रशासनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !