चितवनः पूर्बी चितवनको रत्ननगरमा डेंगु रोगका कारण मृत्यु भएको छ । मृत्यु हुनेमा रत्ननगर नगरपालिका वडा नम्बर १ का २७ वर्षिय पुरुष रहेका छन् ।
उनको उपचारका क्रममा पुरानो मेडीकल कलेजमा मृत्यु भएको हो । अस्पतालका फिजिसियन डा. आलोक प्रधानका अनुसार डेंगु संक्रमणका पुष्टि भएर उपचारका क्रममा उनको मृत्यु भएको हो । अध्ययनका क्रममा काठमाडौं बस्दै आएका उनमा ज्वरोका कारण पुरानो मेडीकल कलेजमा भर्ना भएका थिए ।
जिल्लामा हाल सम्म ४२९ जनामा डेंगुको सङ्क्रमण पुष्टि भएको छ । २ हजार ८७७ जनाको नमुना परिक्षणका क्रममा उनीहरुमा डेंगु देखिएको हो । जिल्लामा भेटिएका डेंगुका बिरामी मध्य ६२ जनाको ठेगाना नखुलेको र १०६ जिल्ला बाहिरका रहेका छन् ।

प्रतिक्रिया दिनुहोस !