चितवनः पूर्बी चितवनको रत्ननगरमा रोकी राखेको ट्रकमा स्कोर्पियो ठोकीँदा पाँच जना घाईते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार रत्ननगर नगरपालिका वडा नम्बर ३ बेल्सि पुल नजिक रोकी राखेको ना ६ ख ५७१९ नम्बरको ट्रकमा बिआर ०५ पिए ९९७४ नम्बरको स्कोर्पियो ठक्कर खाएको हो ।
कार्यालयका प्रबक्ता प्रहरी नायव उपरिक्षक नरहरी अधिकारीका अनुसार बाराबाट काठमाडौं जान आउँदै गरेको स्कोर्पियो ठक्कर खाएको हो । घाईते सबैको पुरानो मेडीकल कलेजमा उपचार भईरहेको छ । घाईतेहरुको अबस्था खतरा मुक्त रहेको प्रहरीले जनाएको छ । दुबै सवारी साधन प्रहरीको नियन्त्रणमा रहेका छन् । दुर्घटना आज बिहान ४ः२० बजे भएको हो ।

प्रतिक्रिया दिनुहोस !