चितवनः रोटरी क्लब अफ रत्ननगरले बिश्व बातावरण दिबसको अबसरमा आज अन्तरबिद्यालय चित्रकला प्रतियोगिता सम्पन्न गरेको छ । तीन दिन सम्म बिभिन्न कार्यक्रमको आयोजना गरी बिश्व बातावरण दिबस मनाईएको हो ।
चित्रकला प्रतियोगितामा बकुलहर माबिकी सुतास्मा तामाङ प्रथम, न्यू क्यापिटल कलेजका निरज धनुकी द्धितीय, एन्जेल्स वल्ड सेकेण्डरी स्कुलका अभिगेल गजबेल तृतीय हुनु भएको छ । त्यसै गरी बछौली माबिका सुजन बिके चौथो र चित्रसारी स्कुलका प्रकाश बिके पाँचौ हुनु भएको छ । न्यू क्यापिटल कलेजमा भएको सो प्रतियोगितामा प्रथम हुनेलाई रु १२ हजार, द्धितीय हुनेलाई रु ८ हजार, तृतीयलाई रु ४ हजार एबं चौथो र पाँचौ हुनेलाई रु २ हजारका दरले नगद, प्रमाणपत्र र ट्रफि बितरण गरिएको थियो । प्रतियोगितामा निर्णायक भिम सापकोटा र गोबिन्दराज बिनोदी रहनु भएको थियो । सो कार्यक्रममा १८ बिद्यालयका ३६ जना सहभागी रहेका थिए ।
कार्यक्रममा उत्कृष्ठ भएकाहरुलाई रत्ननगर नगरपालिकाका प्रमुख प्रलाद सापकोटाले नगद सहित प्रमाण पत्र र ट्रफि बितरण गर्दै रोटरीले समाज सेवामा पु¥याएको योगदानको चर्चा गर्नु भएको थियो । सहभागीहरुको कला देखेर प्रभावित भई सापकोटाले उनीहरुलाई रु १० हजार समेत प्रदान गर्नुभएको थियो । रोटरी क्लब अफ रत्ननगरका अध्यक्ष निराजन खनालको अध्यक्षतामा भएको कार्यक्रममा रोटरी डिस्ट्रिक्ट ३२९२का एशोसीयट गभर्नर नारायण प्रधान, पत्रकार महासंघ चितवनका अध्यक्ष नारायण अधिकारी, एक्सपर्ट एजुकेसन एण्ड भिसा सर्भिशेषका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी, चित्रकला प्रतियोगिताका निर्णायक भिम सापकोटा, क्लबका सचिब दिपेन्द्र शर्मा लगाएतले बोल्नु भएको थियो ।
यस अघि शनिबार क्लबले कार्यक्रमको बारेमा जानकारी गराएको थियो । आइतबार बागमती प्रदेशका बन तथा बातावरण मन्त्री बिशाल खड्काको उपस्थितिमा आमा समुहलाई सहभागी गराई भान्छामा प्रयोग हुने औषधि जन्य बनस्पतीका बारेमा जानकारी गराइएको थियो । सो अबसरमा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख डा. कोपिला अधिकारीले बिस्तृत जानकारी गराउनुभएको थियो । यस्तै वन तथा बातावरणका बारेमा डिभिजन वन कार्यालय चितवनका प्रमुख लोकराज नेपालले जानकारी गराउनुभएको थियो । कार्यक्रममा ३ सय ३० जना गृहिणीहरुको सहभागीता रहेको थियो । कार्यक्रम एक्सपर्ट एजुकेसन एण्ड भिसा सर्भिशेषको प्रायोजनमा भएको हो ।






