चितवनः आन्तरिक रुपमा भ्रमणमा आएका पर्यटकलाई माहुरीले टोक्दा घाईते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज साँझ ५ वजे सौराहा स्थित हात्तिसार भ्रमणमा रहेका सिन्धुलीका पर्यटकहरुलाई जंगली खाग माहुरीले टोकेको हो ।
कार्यालयका अनुसार सिन्धुलीबाट भ्रमणका लागि आएका उनीहरुलाई रत्ननगर नगरपालिका वडा नम्बर ६ मा रहेको हात्तिसारमा माहुरीले टोकेको हो । माहुरीको टोकाईबाट १६ जना घाइते भएका हुन । घाईते सबैको अबस्था सामान्य रहेको र बकुलर अस्पतालमा उपचार भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस !