चितवनः भरतपुर महानगरपालिका वडानम्बर ७ मा ग ३ च ७२७० नम्बरकाे बाेलेराे दुर्घटना हुँदा १० जना घाईते भएका छन् । गितानगरबाट भरतपुर तर्फ आउदै गरेकाे बाेलेराे भरतपुर महानगरपालिका वडा नम्बर ७ प्रेेमबस्तिमा दुर्घटना भएकाे हाे । दुर्घटनामा परि १० जना सामान्य घाईते भएकाे जिल्ला प्रहरी कायालय चितवनले जनाएकाे छ । कायालयका अनुसार बाेलेराे आँफै अनियन्त्रित भई दुर्घटना भएकाे हाे । घाइते सबैकाे चितवन मेडिकल कलेजमा उपचार भईरहेकाे छ ।

प्रतिक्रिया दिनुहोस !