चितवनः माडी माध्यामिक विद्यालयमा अध्ययन गरेका पूर्ब बिद्यार्थीहरुले माडी माइतीघर नामक वचत र अक्ष्यय कोष स्थापना गरेका छन् । बिद्यालयमा अध्ययनरत छात्राहरुलाई सहयोग गर्ने उद्धेश्यका साथ उक्त संस्था स्थापना गरिएको हो ।

संस्थाको अध्यषमा विष्णु तिवारी, सचिबमा मनरुपा पौडेल तिवारी र कोषाध्यक्षमा दुर्गा लामीछाने रहनु भएको छ । यस्तै सह सचिबमा भिमा पौडेल, सदस्यहरुमा मुना बराल, शान्ता पौडेल, गायत्री भूषाल, देवी पौडेल रहनु भएको छ ।

समितिको सल्लाहाकार संयोजकमा इश्वरा तिवारी र वालुकारी रानाभाट रहनु भएको छ भने माइती पक्षको संयोजकमा कृष्णहरी पौडेल, सुवास तिवारी, सोभाकान्त वश्याल देवप्रसाद पाण्डे, नेत्र लामिछाने, थानेश्वर पोख्रेल, कृष्ण प्रसाद तिवारी रहनु भएको छ । गरिव र जेहन्दार बिद्यार्थीहरुलाई सहयोग गर्ने उद्धेश्यका साथ संस्था स्थापना गरिएको हो ।

प्रतिक्रिया दिनुहोस !