काठमाडौंः नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वैशाखपछि केपी शर्मा ओली प्रधानमन्त्री नरहने दाबी गर्नुभएको छ ।
ओलीले चुनाव गर्न मध्यावधि घोषणा नगरेको भन्दै उहाँले भ्रममा नपर्न आग्रह गर्नुभयो । “कतिपय मानिसहरुलाई कम्युनिस्ट पार्टी विभाजित भएको, मध्यावधि भइहाल्यो भने हामीले चुनाव जितिन्छ भनेर अलिअलि सपना देख्न खोजेको सुनिन्छ” संसद विघटनको विरोधमा नेकपाको प्रचण्ड–माधव समूहले मंगलबार काठमाडौंको भृकुटीमण्डपमा गरेको विरोधसभालाई सम्बोधन गर्दै प्रचण्डले भन्नुभयो “त्यो दुश्वस्न हो भन्ठान्छु । हुनेबाला चुनाव घोषणा भएकै होइन ।”
चुनाव हुन्छ भन्नेमा स्वयंम केपी शर्मा ओलीलाई भरोसा नभएको आफूले थाहा पाएको उहाँले बताउनुभयो । उहाँले अघि भन्नुभयो “चुनाव त हुँदैन, जबरजस्ती लैजाने भन्ने छ उहाँहरुको योजना ।”
छँदोखाँदोको बहुमत छोडेर दुर्घटना गराउनेले चुनाव गराउँछन् भन्ने ठान्नु गल्ती हुने उहाँले बताउनुभयो ।
मलाई लाग्छ, केपी ओली गोटी भएका हुन् । वैशाखपछि उनी प्रधानमन्त्री पनि रहँदैनन्, नेपालको राजनीतिक इतिहासबाट तिनको पत्तासाथ हुनेबाला छ । अनि उनीले नै श्री ३ महाराजधिराज हुन्छु भनेर हुन्छ प्रचण्डको भनाई थियो ।







