चितवनः परिवारले नचाहदा अपाङ्गता भएका व्याक्तिहरु राज्यको सेवा सुबिधाबाट वन्चित हुन पुगेका छन् । अहिले जिल्लामा रहेका अपाङ्गहरु मध्ये ३३ प्रतिशतले मात्र परिचय पत्र लिएका छन् । महिला बिकास कार्यालय रहँदा जिल्लामा चार हजार चार सय जनाले मात्र परिचय पत्र लिएका थिए । जिल्लामा १२ हजार भन्दा माथि अपाङ्ग व्याक्तिहरु रहेको अनुमान गरिएको छ ।सर्बे नभएका कारण बास्तबिक तथ्याङ्क आउन नसकेको हो ।
अहिले स्थानीय तहमा अधिकार गए संगै के कतिले परिचय पत्र लिए भन्ने बिषयमा भने कसैलाई पनि जानकारी छैन । राष्ट्रिय अपाङ्ग महासंघका केन्द्रिय सदस्य निर्मल कुमार श्रेष्ठका अनुसार अपाङ्गता भएका व्याक्तिको परिवारका सदस्यहरुले वेवास्ता गर्दा राज्यले दिएको सेवा पनि पाउन नसकेका हुन ।
संघियता संगै स्थानीय तहमा कार्यक्रम हस्तान्तरण भए पछि स्थानीय सरकारले जारी गरेको परिचय पत्र लिनु पर्ने बाध्यता रहेको छ । त्यो लिनका लागि पनि अपाङ्गता भएका व्याक्तिहरु त्यति कार्यालय गएको पाईदैन । भरतपुर महानगरपालिकामा रहेको महिला बिकास महाशाखामा अहिले सम्म १ सय १५ जनाले मात्र अपाङ्गता परिचय पत्र लिएका छन् ।
कार्यालय प्रमुख शान्ताकुमारी पौडेलका अनुसार कार्यालयमा रातो परिचय पत्र लिन आउने २४ जना रहेका छन् । यस्तै ख वर्गको पहेलो काड लिने ७६ जना, ग वर्गको पहेलो काड लिनेमा ११ जना र घ वर्गको सेतो काड लिनेमा ४ जना रहेका छन् । पौडेलका अनुसार पहेलो र सेतो काड पाउने अपाङ्गता भएकाहरु काड लिन नआएका हुन ।
अभिभावकको हेलचक्राई र राज्यको सेवा सुबिधाका वारेमा ज्ञान नभएका कारण उनीहरु परिचय पत्र लिन नआएका हुन । सचेतनाको अभावका कारण पछि ग्रामिण क्षेत्रमा रहेका अपाङ्गहरु राज्यको सेवा सुबिधा वाट वन्चित भएका पौडेलले बताउनु भयो ।
अपाङ्गहरुलाई राज्यको सेवा सुबिधाको दायरामा ल्याउनका लागि अपाङ्ग संग सम्बन्धित बिभिन्न संघ संस्थाहरु संगको सहकार्यमा सचेतना कार्यक्रम गर्नु जरुरी रहेको उहाँले बताउनु भयो । लुकेर रहेका अपाङ्गहरुलाई पनि खुलाउन आबश्यक रहेको पौडेलको भनाई छ ।

प्रतिक्रिया दिनुहोस !