चितवनः पूर्बी चितवनको राप्तीमा आज बिहान एक समुहले चोरी गर्ने क्रममा कुटपिट गरेको छ । सो समुहको आक्रमणबाट वृद्ध दम्पत्ति घाईते भएका छन् । उनीहरुको साथबाट चोरी गर्ने समुहले गरगहना लुटेर लगिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
प्रहरीका अनुसार राप्ती नगरपालिका वडा नम्बर ७ बस्ने ७६ वर्षिय ओम शर्मा पोख्रेलको घरमा आज विहान करिब २ वजे तिर दुई जनाको समुहले माक्स लगाएर चोरी गर्ने क्रममा पोख्रेल दम्पतिलाई आक्रमण गरेको हो । सो क्रममा पोख्रेल र श्रीमती ६५ वर्षिया मनरुपा घाईते हुनु भएको छ ।
उहाँहरुको भरतपुर अस्पतालमा उपचार भई रहेको छ । मनरुपाको कानको गहना लुट्ने क्रममा कानको लोती चुडिएको जनाईएको छ । उहाँहरुको साथबाट रिङ् र सिक्रि गरि करिब २ तोला सुन लुटिएको प्रहरीले जनाएको छ । पोख्रेल दम्पतिको अबस्था खतरा मुक्त रहेको र चोरी गर्ने समुहको खोजि कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रबक्ता प्रहरी नायव उपरिक्षक दुर्गाराज रेग्मीले जनाकारी दिनु भयो ।

प्रतिक्रिया दिनुहोस !