चितवनः जिल्ला प्रशासन कार्यालय चितवनले चालु आर्थिक वर्ष भित्रै राष्ट्रिय परिचय पत्र बितरणको काम सुरु गर्ने भएको छ । जसका लागि सहायक प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले तालिम समेत लिएर आई सक्नु भएको छ ।
सरकारले यस वर्षमा सात प्रदेशका १५ जिल्लामा लागु गर्न लागेको सो कार्यक्रम चितवनमा पनि यसै वर्षबाट लागु हुन लागेको हो । कार्यक्रम लागु हुन लागे संगै जिल्लामा सो का लागि कार्यालय व्यवस्थापनको काम भईरहेको निमित्त प्रमुख जिल्ला अधिकारी पन्तले जानकारी दिनु भयो ।
जिल्लाबाट नागरिकता लिएका नागरिकहरुको राट्रिय परिचय पत्र निर्माणका लागि वजेट समेत बिनियोजन भईसकेको उहाँले जानकारी दिनु भयो । वजेट कार्यालयको खातामा आए संगै कर्मचारी छनोट गरि कामलाई सुरु गरिने उहाँले बताउनु भयो । यसका लागि ६ जना कम्युटर अप्रेटरको व्यवस्था गरिएको छ ।
यस परिचय पत्रमा व्याक्तिगत र पारिवारीक बिबरण समेत राखिने छ । अन्य कार्यालयहरु संग सहमति भएमा अन्य कार्यालयहरुको समेत जानकारी राखिने गरि परिचय पत्र वनाईएको छ । कार्यालय स्थापना भएर काम सुरु भए संगै जिल्लाका सबै स्थानीय तहमा पुगि नागरिकता प्राप्त व्याक्तिहरुको फारम भर्ने काम गरिने उहाँले बताउनु भयो ।
सबै काम अनलाइृन सिस्टमबाट गरिने भएकाले प्रत्यक देशको परिचयका लागि यो कार्यक्रम लागु गर्न लागिएको हो । दुई वर्ष भित्रमा हाल सम्म नागरिकता लिएकाहरुका लागि परिचय पत्र बितरणको काम सक्ने गरि कामलाई अघि वढाईने उहाँले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस !