चितवनः जिल्लामा पछिल्लो समय खोरेत रोगको समस्या देखिएको छ । भरतपुर महानगरपालिका, खैरहनी नगरपालिका, रत्ननगर नगरपालिका लगाएतका क्षेत्रमा पालिएका पशुमा खोरेतको समस्या देखिएको हो ।

भेटेनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्रका अनुसार भरतपुर महानगरपालिकाको वडा नम्बर ४,५, ८ र ११ मा खोरेतको समस्या देखिएको हो । खोरेत रोट एफएमडी भाईरसका कारण लाग्ने गर्दछ । जिल्लामा दुई वर्ष अघि खोरेत रोगको महामारी देखिएको थियो । त्यस पछि अहिले देखिएको कार्यालयका पशु स्वास्थ्य प्राबिधिक दिपचन्द्र घिमिरेले जनाकारी दिनु भयो ।

उहाँका अनुसार अहिले जिल्लामा खोरेत रोगको संक्रमण वढ्न नदिनका लागि गाउँगाउँमा स्थानीय तहको सहकार्यमा भ्याक्सिन वितरण गरिएको छ । गर्मी समयमा पानी परेर गर्मि वढे संगै यसको संक्रमण वढ्दै जाने गर्दछ । कार्यालयले चालु आर्थिक बर्षमा कार्यालयले ३० हजार भ्याक्सिन बितरण गर्ने लक्ष्य राखेको भए पनि अहिले सम्म २२ हजार भन्दा वढि भ्याक्सिन बितारण भईसकेको छ । यसको माग वढ्ने उहाँले बताउनु भयो ।

यो रोग लागेपछि पशुले खुट्टा नटेक्ने, ज्वरो आउने, उत्पादन घटाउने, गर्भ तुईने लगाएतका लक्ष्यणहरु देखिने कार्यालयका प्रमुख डा.विजय कुमार श्रेष्ठले जानकारी दिनु भयो । श्रेष्ठका अनुसार पशुचौपायलाई ६÷६ महिनामा खोप लगाउन सकेमा यसको निधान गर्न सकीने छ । यो रोग वढि मात्रामा फागुन चैत महिनामा देखिने भएकाले अहिलेको समयमा पशुपालक किसान चनाखो हुन आबश्यक रहेको उहाँले बताउनु भयो ।

यो रोग लागेका पशु चौपायको दुध सेवन गर्न र बिक्रि बितरण गर्न समेत नहुने कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !