चितवनः सुन्दा पनि अचम्म लाग्ने । दाहाशंस्कार गर्न लगेको व्याक्तिलाई चितावाट उठाएर अस्पताल ल्याएर उपचार गर्न लागिएको छ भन्दा । यस्तै भएको छ चितवनमा । एक शिशुको मृत्यु भएको भनि दाहाशंस्कार गर्न देवघाट लगिएकोमा खाल्डोमा राखे पछि स्वास प्रस्वाश गरेपछि फर्काएर अस्पताल ल्याईएको छ । चितवन मेडीकल कलेजमा आईतबार जन्मिएकी शिशुलाई उपचार सम्भव नभएको भनि चिकित्सकले जनाए पछि परिवारले अन्त्येष्टिका लागि देवघाट लगेका थिए ।
अन्तेष्टिका लागि लगिएकी शिशु जिबितै रहेको पाए पछि उनको उपचारका लागि पुनः अस्पताल ल्याईएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रबक्ता प्रहरी नायब उपरिक्षक दुर्गाराज रेग्मीका अनुसार हेटौंडा घर भएकी एक अबिबाहित युवतिले अस्पतालमा वच्चा जन्माएकी थिईन । मृत्यु भएको भनि परिवार जनले देवघाटमा अन्त्येष्टिको तयारी गर्दै गर्दा स्थानीयले जिबितै देखे पछि बच्चालाई अस्पताल फर्काएर प्रहरीलाई खवर गरेका थिए ।
त्यसको लगत्तै शिशुको हजुरआमालाई प्रहरीले नियन्त्रणमा लिएको उहाँले बताउनु भयो । शिशुको चितवन मेडीकल कलेजमा उपचार भईरहेको छ । अबिबाहित युवति भएकाले नाम र ठेगना गोप्य राखिएको रेग्मीले बताउनु भयो । प्रहरीले नियन्त्रणमा लिईएकी शिशुकी हजुरआमा माथि अनुसन्धान भईरहेको उहाँले बताउन भयो ।