चितवन, २२ वैशाख
जनगणनालाई बिश्वस्नीय बनाउनु पर्ने आज यहाँ आयोजित एक कार्यक्रमका सहभागिहरुले जोड दिएका छन् । केन्द्रीय तथ्याङ्क बिभाग र तथ्याङ्क कार्यालय चितवनले आज यहाँ आयोजना गरेको राष्ट्रिय जनगणना २०७८ को तयारी सन्दर्भमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्ने बक्ताहरुले जनगणनाको तथ्याङ्कलाई आधार मानि बिकास निर्माणका कामहरु हुने भएकाले यसलाई बिश्वस्नीय वनाउन आबश्यक रहेको बताएका हुन ।
जनगणनाको कामलाई प्रभावकारी रुपमा अघि वढाउनका लागि स्थानिय, प्रदेश र केन्द्र सरकारको समन्वय महत्वपूर्ण रहेको उनीहरुको भनाई थियो ।
कार्यक्रममा भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले अहिलेको तथ्याङ्क अनुमानको भरमा आउन नहुने बताउनु भयो । अनुमानको भरमा आएको तथ्याङ्कले बिकास निर्माणका कामलाई असहज वनाउने वताउँदै उहाँले वास्तबिकतामा आधारीत तथ्याङ्क आउन आबश्यक रहेको बताउनु भयो ।
सो अवसरमा बोल्दै रत्ननगर नगरपालिकाका प्रमुख नारायण वनले राष्ट्रिय योजनाहरुमा समेटीएका बिषयहरुलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयलाई जनगणनाले प्रभाबित पार्ने बताउनु भयो । वास्तबिक तथ्याङ्क आउन नसके हरेक काममा असहज हुने भन्दै उहाँले स्थानीय तहको परिचालन गर्न सक्नु आजको आबश्यकता रहेको बताउनु भयो ।
चितवनका सहायक प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले अहलिे सम्मका गणनाहरु त्रुटिपूर्ण रहेको भन्ने आभाष आम नागरिकमा रहेको भन्दै यसलाई सच्याएर अघि वढ्नुपर्ने बताउनु भयो ।
कार्यक्रममा भरतपुर महानगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष अरुण पिडित भडारी, प्रध्यापक युवराज पराजुलि, अम्बिकालाल श्रेष्ठ, केदार भण्डारी लगाएतले जनगणनालाई बिश्वस्नीय वनाउनका लागि खेल्नु पर्ने भूमिकाका बिषयमा धारणा राख्नु भएको थियो ।
केन्द्रीय तथ्याङ्क बिभागका उपमहा निर्देशक डिल्लीराज ओस्तीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बिभागका जनशंख्या शाखा निर्देशक ढुण्डीराज लामिछानेले जनसंख्याको परिवर्तन, लैंगिक अवस्था, बृद्ध, बालबालिका र युवा, घरको अवस्था र प्रयोग गरेको जग्गा, शिक्षा, श्रम गर्न सक्ने जनशक्ति विषयमा पनि तथ्यांक संकलन गरिने जानकारी दिनुभयो । त्यसैगरी प्रजनन् दर, अपांगता, बसाईसराई, भविष्यमा हुने जनसंख्याको आँकलन लगायतका विषयमा पनि तथ्यांक संकलन गरिने उहाँले बताउनु भयो ।
त्यसैगरी जातजाति, धर्म, मातृ भाषा, दोस्रो भाषा र नेपालमा बसोबास गर्ने विदेशी नागरिकको पनि तथ्यांक संकलन हुने लामिछानेले जानकारी दिनुभयो । उहाँका अनुसार वैवाहिक स्थिति र पहिलो विवाह हुँदाको उमेर, अपाङ्गता भएका व्यक्तिहरुको विवरण, शिक्षा तथा साक्षरता, जन्मस्थल तथा बसाईसराई, महिलाको प्रजनन् स्थिति, आर्थिक क्रियाकलाप बारेमा पनि तथ्यांक लिईने छ ।
तथ्यांक संकलनपछि गरिबीका दरहरु, मानव विकास सूचकांकका सूचकहरु, बहुआयायिमक गरिबी सूचकांक, रोजगारी तथा बेरोजगारी दरहरु, कुपोषण, गर्भनिरोधको साधन प्रयोग दर, प्रतिव्यक्ति आय, विभिन्न आर्थिक, सामाजिक तथा वातावरण सम्बधी सूचकहरु जानकारी लिन सकिने लामिछानेले बताउनुभयो । तथ्यांक संकलनमा दक्ष जनशक्ति र आधुनिक प्रविधिको प्रयोग गरिने छ ।
देश संघीयतामा गईसकेकोले माथिदेखि तल्लो निकायसम्मलाई आवश्यक पर्ने सम्पूर्ण तथ्यांक तहगत रुपमा समेटिने गरी तथ्यांक संकलन गर्ने प्रयास भईरहेको उहाँले बताउनुभयो । सो का लागि सबैको सहयोग आबश्यक रहेको सो अवसरमा जानकारी गराईएको थियो ।