चितवनः भरतपुर महानगरपालिका वडा नम्बर २ को आँपटारीमा शिद्वेश्वर धाम निर्माण गरिएको छ । स्थानीय समाजसेवी केशवराज कंडेलले ब्याक्तिगत लागतमा धाम निर्माण गर्नुभएको हो ।

बि.सं. २०७३ सालमा जलदेबि सामुदायीक वन क्षेत्रको ५ कठ्ठा क्षेत्रफलमा भगवानको प्रतिमाहरु सहित धाम निर्माण गर्नुभएको हो । भरतपुर महानगरपालिका वडा नम्बर २ निबासी कंडेलले धाम निर्माण गर्नुभएको हो । उहाँका अनुसार देवघाट जाने मुख्य द्धार अगाडी धाम निर्माण गर्दा भक्तजनहरुको आकर्षण वढ्ने अनुमान छ । आफ्नो इच्छा अनुसार शिव मन्दीर वनाउने योजना भए पनि यहाँ धाम निर्माण गरिएको उहाँले बताउनुभयो । यहाँ २२ फिट अग्लो शिवलिङ्ग सहित स–साना नन्दी (वहान), सूर्य, गणेश, नारायण, हनुमान, काली, सन्तोसीमाता, बिष्णु र सरस्वतीको मूर्ती (प्रतिमा) राखेर धाम निर्माण गर्नुभएको हो । उहाँले भन्नुभयो “यसकौ संरक्षण सामुदायीक वनले गर्ने छ । संरचना निर्माणको काम मेरो वंशजले गर्ने छन् ।”

यस धामलाई वैशाख ६ गते हिन्दु धर्मअनुसार प्राण प्रतिष्ठा गरेर वनको स्वामित्वमा हस्तान्तरण गरिने छ । जलदेवी सामुदायीक वनको अनुरोधमा धाम निर्माण गरेको भन्दै उहाँले यस धामले यस क्षैत्रमा पर्यटकन प्रबर्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

भरतपुर महानगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष मनोज रानाभाटले वडामा रहेका यस्ता धार्मीक स्थलहरुको प्रचार प्रसारमा वडा कार्यालय लाग्ने वताउनुभयो । यसले वडाको महत्व वढाउने भन्दै उहाँले धार्मीक क्षेत्रको संरक्षण गर्दै धार्मीक पर्यटनको रुपमा बिकास गर्ने योजनामा रहेको वताउनुभयो । उहाँले भन्नुभयो “यस्ता क्षेत्रको प्रवर्धन स्थानीय सकारको दायीत्व हो ।”

जलदेवी सामुदायीक वनका अध्यक्ष माधव देवकोटाले यस क्षेत्रको पर्यटन प्रबर्धनमा यस धामले ठूलो सहयोग राख्ने बताउनुभयो । सामुदायीक वन क्षेत्र भित्रकौ ५ प्रतिशत वा ५ हेक्टर सम्मको जग्गा पर्यापर्यटनको रुपमा प्रबर्धन गर्ने योजना अनुसार धाम निर्माणका लागि आँफुरुले सहयोग गरेको बताउनुभयो । धामले यस क्षेत्रको महत्व वढाउने उहाँको भनाई छ ।

प्रतिक्रिया दिनुहोस !