
चितवनः साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको रकम हिनामिना गरेको अभियोगमा पूर्वगृहमन्त्री एवं रास्वपा सभापति रवि लामिछानेसहित १५ जना बिरुद्ध चितवन जिल्ला अदालतमा आज मुद्धा दर्ता भएको छ । व्यक्ति बाहेक ६ वटा संस्थाविरुद्ध पनि अदालतमा मुद्धा दर्ता गरिएको छ ।
प्रतिवादीमा रवि लामिछाने छविलाल जोशी, रामबहादुर खनाल, रविना रिमाल, विशाल गुरुङ, नवीन अछामी, कविता तामाङ, दिपक लामा, असरफअलि सिद्दिकी, भगवती बम्जन, लक्ष्मीप्रसाद पौडेल, विज्ञान राई, नेत्रपाणी बास्तोला, शिवबहादुर गुरुङ र प्रगति श्रेष्ठ रहेको अदालतका सुचना अधिकारी अमृत विश्वकर्माले जानकारी दिनुभयो । यसअघि असोज ८ गते दर्ता भएको पहिलो मुद्दामा १७ जना प्रतिवादी थिए । त्यो समयमा रवि लामिछाने किटान गरिएको थिएन । आज दर्ता भएको मुद्दामा रवि लामिछानेसहित १५ जना प्रतिवादी छन् भने गोर्खा मिडिया प्रालि, साहरा बचतसहित ६ वटा संस्था रहेका हुन ।
साहारा सहकारीबाट रकम गएका पाँच कम्पनीमा गोर्खा मिडिया नेटवर्क प्रालि, नेचर हव इन्टरनेशनल प्रालि, जिवी ग्रुप अफ कम्पनी, स्प्रिङ उड स्टेट हाउजिङ प्रालि र नेचर नेष्ट प्रालि रहेका विश्वकर्माले जानकारी दिनुभयो । मुद्धा दायर भएका कुल ३२ जना मध्ये १२ जना बिरुद्ध ठगि र संगठित अपराधमा र २० जनालाई ठगिमा मुद्दा दर्ता गरिएको हो । संगठित अपराध र ठगिमा प्रतिवादी कायम भएकाहरु जीवि राई भन्ने जितेन्द्र बाबु राई, हेमन्त अधिकारी, सागर केसी, आशिष आनन्द, अनन्त वावु राई, भूपेन्द्र्र राई, देवेन्द्र वहादुर राई, दिनेश रोक्का, कुमार रम्तेल, छविलाल जोशी, दिपक लामा, र नेत्र वास्तोला रहेका छन् ।
यसअघि असोज ८ मा १७ जनाविरुद्ध चितवन जिल्ला अदालतमा मुद्दा दायर भएको थियो । सरकारी वकिल कार्यालयले जिवि राई सहित कुमार रम्तेल, सागर केसी, बिर बहादुरर रानाभाट, हेमन्त अधिकारी, छत्रमणी भट्टराई, भपेन्द्र राई, अनन्त बाबु राई, आशिष आनन्द, देवेन्द्र बाबु राई, दिनेश रोका, दिपा न्यौपाने, शिवप्रसाद आचार्य, मनोज गुरुङ, तिर्थराज लामिछाने, शरण विश्वकर्मा, थमन भन्ने दानबहादुर बुढामगरलाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको थियो । अघिल्लो पटक दर्ता भएका १७ जना को पनि बयान लिइएको छैन ।
जिल्ला सरकारी वकिल कार्यालय चितवनले दायर गरेको पुरक अभियोग आज दर्ता गरिएको हो । अदालतका अनुसार मुद्दाको दर्ता नम्बर ०८१–c1–०५७२ रहेको छ । साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको ठगि भएको भनिएको जम्म रकम रु ५२ करोड ३२ लाख ८५ हजार ३०८ दशमलब ४७ रहेको छ । हाल जोहरी परेको रकम रु ३८ करोड ९ लाख ७९ हजार १७७ क्षोतीपूर्ती भराउन मागदाबी गरिएको विश्वकर्माले जानकारी दिनुभयो । रु ५२ करोड मध्ये अहिले अभियोगमा देखिएको र बाँकी थप रु १४ करोड २३ लाख ६ हजार १३१ दशमलब ४७ जाहेरी परेका वखत पुनः पुरक अभियोग जाहेर हुने गरी अभियोग दावि गरिएको छ ।
बचत कर्ताहरुलाई भराउनु पर्ने क्षतीपूर्ती रकम बिभिन्न ६ वटा कम्पनीहरुबाट साहारा चितवन बहुउद्धेश्यीय सहकारीलाई दिलाउने भराउनु पर्ने रकम रु ४३ करोड ३२ लाख ७ हजार ९२८ दशमलब ७५ रहेको छ । । व्यक्तिगत रुपमा जीविराईबाट रु ४१ लाख ३० हजार, असरफअलि सिद्दिकीबाट रु ३ करोड २० लाख र महेन्द्र भोटी भन्ने शिववहादुर गुरुङ्बाट रु २ करोड ६४ लाख भराईनु पर्ने माग दावी छ ।
जिल्ला अदालत चितवनका श्रेष्तेदार विष्णुप्रसाद आचार्यका अनुसार ठगिको हकमा मुलुकी अपराध संहिताको दफा २४९ को उपदफा १ र २ बिरुद्धको कसुरमा सोही ऐनको दफा ३ (ग) बमोजीम सजायको माग दावी र संगठीत अपराध निवारण ऐन २०७० को दफा ३, १, २, ३ (क) र ५ को कसुरमा दफा ९ (क) र (ग) बमोजीम सजायको मागदाबी लिईएको छ । लामिछानेको हकमा ठगि मुद्धा दर्ता भएको छ भने विगो दाबी गरिएको छैन ।
दर्ता हुन आएको अभियोगमा ३२ जना प्रतिबादी कायम गरि पाँच जनालाई अभियोगका साथ उपस्थित गराईएको छ । रवि लामिछाने, राम वहादुर खनाल, छविलाल जोशी, कुमार रम्तेल र महेन्द्र भोटे भन्ने शिव वहादुर गुरुङ अभियोग सहित उपस्थित भएका हुन । लामिानेको हकमा गोर्खा मिडीया नेटवर्कमा रु १ करोड ८० लाख रकम वरावरको शेयर रहेको देखिन्छ । गोर्खा मिडिया नेटर्वकको ग्लोवल आईएमई र हिमालयन वैंकको खातामा जीवि राई र नीजको समुहले संञ्चालन गरेको सहकारी र बिभिन्न कम्पनीबाट साहाराबाट रु १ करोड ग्लोबल आईएमईको खातावाट रु ३ करोड ५० लाख जम्मा भएको उहाँले बताउनुभयो ।
ती मध्येबाट रबि लामिछानेको एकल दस्तखतबाट ८१४ वटा चेक काटेको देखिएको अभियोगमा उल्लेख छ । सो मार्फत रु ४८ करोड ५८ लाख २२ हजार २४६ र जीवि राई रविको संयुक्त दस्तखतबाट ६ वटा चेकबाट रु ६० लाख १९ हजार भूक्तानी भएको बैंक स्टेटमेण्ट र चेक बिबरणबाट पुष्टि गरिएको छ । गोर्खा मिडिया कम्पनीको बैंक खाताबाट ४ वटा चेक वाट प्रतिवादी कायम हुन आएको लामिछानेको श्रीमती निकिता पौडेलको नाममा रु ३९ लाख ३८ हजार २५१ र गोरखा मुभिजको नाममा दुईवटा चेक मार्फत रु ८१ लाख २५ हजार भूक्तानी भएको छ ।
पुरक अभियोगमा लामिछानेको हकमा ठगि र संगठित अपराधको दुबै अभियोग नलिई मुलुकी अपराध संहित २०७४ को दफा २४९ को उपदफा १ र २ बिपरितको कसुरमा सोही अनुरुप दफा २४९ को उपदफा ३ ग बमोजीम सजाय हुने मागदावी भएको छ ।