चितवनः गैडाको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । गैंडको आक्रमणबाट घाईते भरतपुर महानगरपालिका वडा नम्बर ५ बिकास चोक निवासी ५५ बर्षिय शिवराज भण्डारीको उपचारका क्रममा चितवन मेडीकल कलेजमा मृत्यु भएको हो ।

उनको आज बिहान ६ः३० वजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरिक्षक गौतम मिश्रले जानकारी दिनुभयो । बा.प्र. ०६–००३ प ४३३९ नम्बरको मोटरसाईकलमा माघ ३ गते माडी जाँदै गरेका भण्डारीलाई माडी नगरपालिका वडा नम्बर १ ध्रुर्ब चोकमा गैंडाले आक्रमण गरेको थियो । आक्रमणबाट घाइते भण्डारीको उपचारका क्रममा मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस !