
चितवनः नेकपा माओवादी केन्द्रका अध्यक्ष एबं पूर्ब प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनताले प्राप्त गरेको उपलव्धिको रक्षा गर्न सबैले आ आफ्नो ठाउँबाट आवाज उठाउनु पर्ने बताउनुभएको छ । आज माडीमा रहेको सोमेश्वर माध्यामिक बिद्यालयको स्वर्णमहोत्सब समारोहलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो “अहिले हाम्रो चिन्ता भनेको संबिधान, समावेशीता, संघियतामाथि दुर्घटना हुन्छ की भन्ने हो । यसको रक्षाका लागि सबैले आ आफ्नो ठाउँबाट आवाज उठाउन जरुरी छ ।”
सरकारले नियमित सदन वोलाएर बिध्येयक ल्याउनु पर्नेमा सदन छलेर अध्यादेश ल्याउनु उचित नभएको उहाँको भनाई थियो । उहाँले भन्नुभयो “यो लोकतन्त्र बिरोधि गतिबिधि भयो ।” सरकारले संबिधान र लोकतन्त्रको मर्म बिपरित अध्यादेश ल्याएको उहाँले आरोप लगाउनुभयो । आफ्नो नेतृत्वमा सरकार हुँदा सुशासन, न्याय र आर्थिक संकट समाधानका पक्षमा केही सकारात्मक पहलहरु भएको उहाँले बताउनुभयो । अहिलेको सरकार अप्राकृतिक, अपारर्दशी तवरले बनाईएको भन्दै उहाँले संबिधान र लोकतन्त्रको मर्म र भावना विपरित कामहरु धेरै भएको बताउनुभयो ।
फरक प्रसंगमा बोल्दै उहाँले सामुदायीक बिद्यालयहरुको शैक्षिक गुणस्तर बृद्धिका लागि अभिभावक, जनप्रतिनिधि र शिक्षक सबैको मेहनत आबश्यक पर्ने बताउनुभयो । कार्यक्रममा बागमती प्रदेश सभा सदस्य ठाकुर ढकाल, माडी नगरपालिका प्रमुख ताराकुमारी काजी महतो लगाएतले बोल्नुभएको थियो । उहाँहरुले शिक्षा क्षेत्रको बिकासका लागि तीनै तहको सरकार मिलेर लाग्नुपर्ने बताउनुभयो । बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष लेख वहादुर गुरुङ्को अध्यक्षतामा सम्पन्न कार्यक्रममा सामाजिक व्यक्तित्वहरुलाई सम्मान समेत गरिएको थियो ।