चितवनः सवारी संञ्चालन संगै मुग्लिन–मलेखु सडकको काम तिब्र गतिमा अघि वढाईएको छ । पुस दोस्रो साता एक हप्ता दिउँसोमा सवारी रोकीएको भएपनि अहिले सवारी संञ्चालन संगै काम अघि वढाईएको हो ।
नागढुंगा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन)का ई. बिजय दराइका अनुसार पुस ७ गते देखि १३ गते सम्म सवारी रोकेर काम गरिएको भए पनि अहिले सवारी संञ्चालन गरेरै काम गरिएको हो । दिउँसो ११ वजे देखि २ वजे सम्म सवारी रोकेर सडकको बिशालटार, खटौटी लगाएतका धादिङ् क्षेत्रमा भित्तो काट्ने काम गरिएको थियो । दराईले भन्नुभयो “अहिले सवारी नरोकेरै हामीले काम गरिरहेका छौ ।”
शर्मा–जेडआई सिजी जेभीले सन् २०२२ को डिसेम्बरबाट काम सुरु गरेको हो । तीन वर्ष भित्रमा काम सम्पन्न गर्नुपर्ने गरी सम्झौता गरिएको थियो । अहिले सम्म २० प्रतिशत मात्र काम भएको छ । सडकको ६ वटा पुलको काम भईरहेको छ । भित्तो काट्ने र नदी तर्फ पर्खाल लगाउने काम भईरहेको छ । दराईका अनुसार कुरीनटार क्षेत्रमा कालोपत्रेका लागि बेस र सववेसको काम भईरहेको छ ।
मुग्लिनबाट मलेखु सम्म ३९ किलोमिटर सडक यो खण्डमा बिस्तारको काम भइरहेको हो । बिस्तार चार तरिकाले गरिदैं छ । निकै साघुरा र भित्तो काट्न एबं पर्खाल उठाउन कठिन ठाउँहरुमा दुई लेन अर्थात ९ मिटर फराकीला सडक वनाईदैं छ । उकालो ठाउँहरुमा तीन लेन अर्थात १२ मिटरको हुने छ । झण्डै एक दशमलब ५ किलोमिटर सडक यस्तो ठाउँमा पर्दछ । बजार क्षेत्रहरु कुरीन्टार, चरौदी, बिशालटार, चुम्लिङ्टार, मझिमटार लगाएतका करिब ६ किलोमिटर क्षेत्रमा चार लेन अर्थात १८ मिटर फराकीलो सडक बनाईदैं छ । मुग्लिन, बेनिघाट र मलेखु बजारमा ६ लेन अर्थात २६ मिटर फराकिलो सडक बनाईदैं छ । एक किलोमिटर भन्दा बढि क्षेत्रमा फराकिलो सडक बनाउन लागिएको हो ।
पृथ्वी राजमार्गमा पर्ने नागढुंगा– मुग्लिन सडक खण्डलाई दुई भागमा बिभाजन गरेर स्तरोन्नतीको काम गरिएको हो । बिश्व बैंकको सहयोगमा सडक निर्माण थालिएको हो । शर्मा–जेडआई सिजी जेभीले रु ४ अर्ब ८० करोडमा ठेक्का सम्झौता गरी काम गर्दै आएको छ । राजधानी बाहिरीने र प्रबेश गर्ने प्रमुख सडक भएकाले उच्च सवारी चापका बाबजुत काम गर्नु परेको छ । समयमा काम नहुँदा सो सडक हुँदै यात्रा गर्ने यात्रुहरुले दुःख पाउनु परेको छ ।

प्रतिक्रिया दिनुहोस !