चितवनः नेपाली काँग्रेसका नेता डा. शशांक कोइरालाले दुई ठूला दल मिल्दा जुन स्थिरताको कल्पना गरिएको थियो त्यसो हुन नसकेको बताउनुभएको छ । आज यहाँ पत्रकारहरु संग कुराकानी गर्दै उहाँले दुई ठूला दल मिल्दा जे अपेक्षा गरिएको थियो त्यो नपाएको बताउनुभयो ।
उहाँले भन्नुभयो “दुई ठूला दल मिलेर एउटा स्थिर सरकारको परिकल्पना गरेका थियौ । तर स्थिरता रैन रहेछ र दुईवटा दल मिलेर पनि के नमिलेको जस्तो हुँदो रहेछ ।” दुईवटा ठूला दल मिलेर राष्ट्रिय सरकार, संबिधानमा देखिएका कम्जोरीको संसोधन भन्ने जुन कुराहरु अहेको पनि हुन नसकेको उहाँले बताउनुभयो ।
फरक प्रसंगमा बोल्दै उहाँले नेपाली काँग्रेसको महाधिबेशन तोकीएको समयमा या आम निर्वाचन पछि गर्नु उपयुक्त हुने बताउनुभयो । उहाँले आम निर्वाचनको मुखमा महाधिबेशन गर्न उपयुक्त नहुने बताउनुभयो ।
उहाँले भन्नुभयो “बि. सं. २०८४ मा आम निर्वाचन भनिएको छ । त्यसको मुखमा नभई महाधिबेशन दुई वर्ष पहिलेनै हुनु पर्ने हो । होइन भने निर्वाचन पछि गराउँदा उत्तम हुन्छ ।” तोकीएको समयमा गराउँदा पार्टी भित्रको अशन्तुष्टि हराएर जाने भन्दै उहाँले आम निर्वाचनको मुखमा महाधिबेशन गराउँदा पार्टी भित्रको तिक्तता आम निर्वाचनमा पर्ने बताउनुभयो । आम निर्वाचन पछि गराउँदा त्यो तिक्तता नरहने उहाँको भनाई थियो ।
पार्टीको बिचारलाई एक वनाएर लैजान सक्ने नेतृत्व अबको महाधिबेशनले दिनु पर्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “कोईराला परिवार एक होईन बिचार एक हुनु प¥यो । बिचार एक भए हुन्छ ।” महाधिबेशनका लागि आफ्नो स्पष्ट खाका रहेको बताउँदै उहाँले पार्टीलाई एक ढिक्का वनाउने, पार्टी भित्रको गुट उपगुट अन्त्य गर्नुपर्ने, भातृ संस्थाहरुलाई चुस्त दुरुस्त राख्ने र तेरो र मेरो आधारमा काखा पाखा नगरि अघि वढ्न सक्ने नेतृत्व आबश्यक रहेको बताउनुभयो । कोईराला परिवार बिच एकता हुने संकेद गर्दै उहाँले आगामी महाधिबेशनमा डा.शेखर कोइराला र आँफु मध्ये एक जना सभापतिको उम्मेदवार बन्ने सम्भावना रहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस !