चितवनः नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डाले अहिले आफुहरुको ध्यान सरकार परिवर्तन तिर नरहेको बताउनुभएको छ । आज यहाँ पत्रकारहरुसंग कुराकानी गर्दै उहाँले अहिले माओवादी केन्द्रको ध्यान जनता तिर रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो “ हामीहरुको ध्यान सरकार तिर छैन । हाम्रो ध्यान जनता तिर छ । जनतालाई परिचालन गर्ने बिषयमा छ ।” सरकारले गरेका नराम्रा कामहरुको खवरदारी गर्दै जनताका मागहरु प्रति आफुहरु केन्द्रीत हुने उहाँले बताउनुभयो । उहाँले थप्नुभयो “सरकार चलिरहोस् भन्नेमा हो ।”
बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआई) सम्झौता अघि वढ्नु पर्छ भन्नेमा आँफु रहेको उहाँले बताउनुभयो । आफ्नो दोस्रो प्रधानमन्त्रीय कायकालमा यो सम्झौता भएको बताउँदै उहाँले भन्नुभयो “मैलेनै सम्झौता गराएको हुनाले यो अगाडी बढ्नुपर्छ भन्नेमा हो ।” बिआरआई र इन्डो प्यासिफिक स्ट्राटेजी (आईपिएस)का बारेमा चासो बढ्नु स्वभाविक भएको बताउनुभयो ।
चीन र अमेरीका अहिलेका मुख्य प्रतिशपर्धिका रुपमा देखिएकाले दुईवटा रणनीति आउँदा एकले अर्काको बिषयमा चासो राख्नु स्वभाबिक भएको उहाँले बताउनुभयो । पूर्ब प्रधानमन्त्री समेत रहनुभएका दाहालले भन्नुभयो “ मैले गत वर्ष भ्रमणमा बिआरआईलाई जोइन्ट स्टेटमेन्टमा प्लान वनाउने कुरा गरेको हो । त्यही अनुसार अगाडी जानु पर्ने मा अहिले कन्फ्यिुजिङ् छ । केपि जीले गरेको सम्झैताको क्लियर पिक्चर आईसकेको त छैन । तर सबैलाई चासोको बिषय हो ।”