चितवनः सहकारी ठगी आरोपमा पक्राउ परेका पूर्व उपप्रधान तथा गृह मन्त्री एबं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेको चितवनमा वयान सुरु भएको छ । आज सरकारी वकिल कार्यालयमा वयान सुरु गरिएको हो । यहाँको साहारा सहकारीको रकम अपचलन गरेको आरोपमा लामिछानेलाई आज बिहान काठमाडौंबाट वयानका लागि चितवन ल्याईएको थियो ।
बुद्ध एयरको आजको पहिलो जहाज मार्फत लामिछानेलाई चितवन ल्याएर दिनको १२ वजेबाट वयान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरिक्षक गौतम मिश्रले जानकारी दिनुभयो । जिल्ला न्यायधिबक्ता शान्ति प्रसाद लुईटेलले लामिछानेको वयान लिनु भएको उहाँले बताउनुभयो । साहारा सहकारीबाट रु ४२ करोड रकम अपचलन भएर ५ वटा कम्पनिमा गएको जस मध्ये रु १० करोड ८० लाख गोर्खा मिडिया नेट्वर्कमा गएको मिश्रले बताउनुभयो ।
सहकारीको रकम गोर्खा मिडिया नेट्वर्क प्रा.लीमा अपचलन गरेको आरोपमा लामिछानेलाई कात्तिक २ गते पक्राउ गरिएको थियो । पोखराको सूर्यदर्शन सहकारीमा वचत कर्ताको रकम अपचलन गरेको आरोपमा लामिछानेलाई कास्कि प्रहरीले पक्राउ गरेको थियो । यस अघि लामिछानेलाई बुटवलको सुप्रिम सहकारी र काठमाडौंको स्वार्णलक्ष्मी सहकारीका बचत अपचलन गरेको आरोपमा बयान लिईसकीएको छ ।

प्रतिक्रिया दिनुहोस !