चितवनः नेपाली काँग्रेस र नेकपा एमाले बिच दुई दलीय संयन्त्र निर्माण भएको छ । केन्द्रमा दुई दलीय संयन्त्र निर्माण भए संगै जिल्लामा पनि जिल्ला नेतृत्वहरुको सहभागीतामा संयन्त्र निर्माण गरिएको हो ।

नेपाली काँग्रेस चितवनका सभापति राजेश्वर खनालका अनुसार नेपाली काँग्रेसबाट तीन जना र नेकपा एमालेबाट तीन जना रहने गरी संयन्त्र निर्माण गरिएको हो ।

संयन्त्रमा काँग्रेसका तर्फबाट जिल्ला सभापति राजेश्वर खनाल, सचिव ध्रुवराज पोख्रेल, वरिष्ठ जिल्ला सदस्य मिलन बाबू श्रेष्ठ रहनु भएको छ । जिल्ला उपसभापति राजिव न्यौपाने लाई आमन्त्रीत सदस्यको रुपमा राखिएको छ । यस्तै नेकपा एमालेका तर्फबाट जिल्ला अध्यक्ष कमल पाठक, सचिव प्रकाश ढुुङगाना र जिल्ला ईन्चार्ज देवी ज्ञवाली संयन्त्रमा रहनुभएको छ । एमालेको तर्फबाट आमन्त्रीत सदस्यमा कृष्णभक्त पोखरेललाई राखिएको खनालले जानकारी दिनुभयो ।

खनालले भन्नुभयो “सरकारलाई तल्लो तहसम्म बिकासको मुल प्रबाहमा जोड्नका लागि संयन्त्र निर्माण गरिएको हो ।” यसले समन्वय गर्ने र काँग्रेस र एमाले बिच हुने तल्लो तहको द्धन्द्धलाई न्यूनिकरण गर्ने काम गर्ने उहाँले बताउनुभयो ।

यसैबिच संयन्त्रको बैठकले चितवन जिल्लाको सातवटै पालिकामा ३÷३ जनाको संयन्त्र निर्माण गरि वर्तमान सरकारको केन्द्रीय संरचना र भावना अनुरुप स्थानीय तहमा गतिविधि सन्चालन गर्ने निर्णय गरेको छ । संयन्त्रको अध्यक्षता प्रत्येक बैठकमा आलोपालो हुने छ ।

प्रतिक्रिया दिनुहोस !