२ मङ्सिरः यहाँको भरतपुर अस्पतालमा चार्ड पर्वको समयमा समेत शल्यक्रिया रोकिएन । रक्तचापको समयमा आएका दिपक सापकोटाको तिहार सुरु भए पछि टाउकाको शल्यक्रिया गरियो । सबै तिहार मनाउने रमाईलोमा रहेको समयमा चिकित्सक तथा स्वास्थ्य कर्मीहरु सापकोटाको ज्यान वनाउन तल्लिन थिए । भोलिपल्ट भाईटिका थियौ । तर अस्पतालमा चिकित्सकको दैड्धुप देखेर सबै चकित थिए । बिरामी उपचारका लागि भन्दा पनि चिकित्सक एक जनाको ज्यान वचाउनका लागि तल्लिन भएका थिए । सापकोटा भरतपुर महानगरपालिका निबासी सामान्य परिवारका मान्छे हुन् । उनी एक्कसी अस्पताल आए । अस्पतालमा भर्ना भए पछि जानकारी भयौ की उनी टाउकोमा रगत जमेर आएका थिए । घरमा सामान्य काम गरिराखेका सापकोटा एकै पटक हातखुट्टा लुलो भयो भन्दै अस्पताल ल्याएको उहाँकी श्रीमति सम्झनाले सुनाउनुभयो । उहाँले भन्नुभयो“सुरुवातमा नीजि मेडीकल कलेजमा लग्यौं । सघन उपचार कक्ष नपाए पछि भरतपुर अस्पतालमा ल्याएर उपचार गरेका हौ ।” यहाँका चिकित्सकहरुको काम देख्दा हामी खुशि छौ सम्झनाले थप्नुभयो । अस्पताल प्रशासन यहाँका कर्मचारी प्रति बिरामीको शन्तुष्टि नै रहेछ उहाँले भन्नुभयो । सरकारी अस्पतालमा सेवा कस्तो हुन्छ चार्डपर्वको समयमा भन्ने डरका बिचपनि यहाँ ल्याएर आज बिरामीलाई घर फर्काउन पाउँदा आँफुलाई खुशी लागेको उहाँले बताउनुभयो । चार्ड पर्वको समयमा समेत बरिष्ठ न्यूरोसर्ज डा. गुणराज पौडेल सहितको टोली गरेको यो कामका लागि उहाँले धन्यवाद समेत दिनुभयो । शल्यक्रिया गरेको बिषयमा डा. पौडेल आफ्नो धर्म सम्झेर चार्ड पर्व नभनि काम गरेको बताउँनुहुन्छ । आकास्मिक रुपमा गर्नु पर्नै कुरालाई कसैले पनि हेलचक्याई गर्न नहुनै उहाँलै बताउनुभयो । अहिले बिरामीको स्वास्थ्य अस्था सुधार उन्मुख भएका भन्दै उहाँले बिरामीलाई फिजियो थेरापीमा ल्याएर नियमित थेरापी गराउन अनुरोध गर्दै पठाएको बताउनुभया् । उहाँले भन्नुभयो “यो शल्यक्रिया कात्तिक १७ गते गरेका हौ । तर बिरामी घर फर्कदा शल्यक्रिया गर्नै टोली निकै खुशी छ । चाडपर्व सबैको हो । चिकित्सकको नाताले बिरामी बचायौं ।”चितवनमा न्यूरो सर्जन कम भएको समयमा सरकारी अस्पतालले नियमित न्यूरो सर्जन मार्फत सेवा लिन पाउनुहुन्छ भन्नै हाम्रो धारणा हो उहाँले भन्नुभयो ।