चितवनः नारायणगढ–मुग्लिन सडकखण्डको सत्र किलोमा आज बिहान भएको दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुगेको छ । दुई जनाको चितवन मेडिकल कलेज शिक्षण अस्पतालमा उपचार भईरहेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता भेषराज रिजालका अनुसार हायसका चालकको उपचारका क्रममा मृत्यु भएपछि मृतकको संख्या पाँच पुगेको छ । उनको सनाखत हुन सकेको छैन । आज बिहान ३ः०० बजे काठमाण्डौंबाट नारायणगढतर्फ आइरहेको विद्युतीय वाहन (हायस) र विराटनगरबाट काठमाण्डौं गइरहेको बस एकापसमा ठोक्किँदा विद्युतीय वाहनमा सवार गोरखा आरुघाट गाउँपालिका–१ का ४२ वर्षीय राजबहादुर गुरुङ, परिचय नखुलेका ४० वर्षीया महिला, ३२ वर्षीय र ३५ वर्षीय पुरुषको यस अघि नै मृत्यु भएको हो ।

घाइतमध्ये एक जनाको अवस्था गम्भीर छ । गम्भीर अवस्थामा उपचार भईरहेका घाईते हायसका हुन् । अर्का एक घाइते बस चालक हुन् । उनको अवस्था खतरामुक्त रहेको छ ।

प्रतिक्रिया दिनुहोस !