चितवनः नेपाली काँग्रेसका प्रबक्ता डा. प्रकाशसरण महतले सरकारको कामलाई प्रभावकारी वनाउनका लागि सत्ता साझेदार दलहरु बिचको संयन्त्र वनाउन आबश्यक रहेको बताउनुभएको छ । आज यहाँ पत्रकारहरुसंग कुराकानी गर्दै उहाँले केन्द्र, प्रदेश र स्थानिय तहमा समझादरी बढाउनका लागि संयन्त्र अबश्यक भएको बताउनुभयो ।
उहाँले भन्नुभयो “सरकारको काम समन्वयका र बिश्वासका साथ चलोस भनेर संयन्त्र वनाउन खोजिएको हो । संयन्त्र वनाउनुको मतलव सन्तोसि र असन्तोषिमा जोड्नु हुँदैन । यसले बढि परिणाम दियोस् । केन्द्र प्रदेश सरकार र सबै तहमा अबिश्वास नहोस् । सबै काम समझदारीबाट होस् ।” धेरै भन्दा धेरै परिणाम प्राप्त हुन सकोस् र जनताको अपेक्षा पुरा गर्न सकीयो भन्ने उद्देश्यले संयन्त्र वनाउन आबश्यक रहेको उहाँले बताउनुभयो । नेता महतले सरकारले आबश्यकता अनुसार प्रथामिकिकरण कसरी गर्ने र समान निस्कष कसरी निकाल्ने भन्ने उद्देश्यले संयन्त्र आबश्यक रहेको बताउनुभयो ।
सरकार लामो समय जाँदैनकी भन्ने डरले त होइन भन्ने पत्रकारको प्रश्नमा उहाँले भन्नुभयो “सरकारमा अनवन भएजस्तो देखिदैन । नेपालमा अफवा फैलिएको छ । सरकार गठन गर्ने समय देखि नै हल्ला सुनिरहेको छु । यस तर्फ ध्यान दिनु पर्दैन । सरकार लामो समय चल्छ ।” देशको अर्थतन्त्रलाई चलायमान वनाउन युवा शक्तिलाई यही अबसर छ भन्ने विश्वास दिलान आबश्यक रहेको उहाँले बताउनुभयो । पूर्ब अर्थमन्त्री समेत रहनु भएका नेता महतले अर्थतन्त्रमा सुधार ल्याउन प्रधानमन्त्रीले पार्टीको स्वार्थभन्दा माथि देश र जनतालाई राखेर युवाशक्तिलाई विश्वास दिलाउनु पर्ने बताउनुभयो । उहाँले भन्नुभयो “देश भित्रै अबसर छ । बिदेशमा मात्रै जान खोज्नु हुँदैन भन्ने सन्देश दिन सक्नुपर्छ ।”
अमेरीकामा सम्पन्न निर्वाचनको मत परिणाम प्रति उहाँले नेपाल र अमेरीकाको सम्बन्धमा कुनै असर नपर्ने बताउनुभयो । पहिला पनि राष्ट्रपति भई सकेका व्यक्ति पुनः राष्ट्रपति वन्नु भएको भन्दै उहाँले नेपाल र अमेरीकाको सम्बन्ध अझै प्रगाड वन्दै जाने बताउनुभयो । राष्ट्रपति निर्वाचनमा गरिएको बाचा अनुसार युक्रेन र रसीया पबचको युद्ध अन्त्य गर्न सके विश्वव्यापि शान्तिको आभाष हुने उहाँको भनाई थियो । युद्ध अन्त्य भए त्यसको प्रभाव हरेक देशलाई पर्ने उहाँले बताउनुभयो ।