चितवनः उपप्रधान तथा शहरी बिकास मन्त्री प्रकाशमान सिंहले अहिलेको सरकार कसैले माला जप्दैमा ढल्ने अबस्थामा नरहेको बताउनुभएको छ । नेपाली काँग्रेस चितवनले आज यहाँ आयोजना गरेको दिपावली बिशेष कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यो सकार कसैले ढल्सो भनेर माला जप्दैमा नढल्ने बताउनुभयो ।
राजनैतिक स्थिरता र स्थायीत्व दिएर जनताको पिर मर्कालाई चाँडो सम्बोधन गर्न अहिलेको सरकार लागेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “राजनैतिक स्थायीत्व चहियो भन्ने भएकाले नेपाली काँग्रेस र नेकपा एमाले मिलेर सरकार गठन भएको हो ।” संसदमा रहेका तेस्रा र चौथा ठूला दलहरुले पहिलो र दोस्रा दलहरुसंग मिलेर सरकार बनाउने महिनै पच्छे सरकार परिवर्तन गरेर हिडेको भन्दै मन्त्री सिंहले सरकारनै टिक्दैन भन्ने नटिक्ने सरकारले जनताको पिर कर्मालाई सम्बोधन गर्न नसक्ने बताउनुभयो । अहिलेको सरकार संसदिय प्रकृया अनुसार वनेका कारण त्यस्तो समस्या नरहेको उहाँको भनाई थियो ।
नेपाली काँग्रेस र नेकपा एमाले मिलेर वनेको सरकारले कसैलाई व्याक्तिगत दोयस भाव नराखि काम गरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “कसैलाई लखेट्नुपर्ने छैन । बिधिको शासन कायम गर्नका लागि डेमोक्रेसीको सरकारले कायम गर्नुपर्ने भनेको बिधिको शासन हो ।” कानुन नयाँ आएका दललाई नलाग्ने र पुराना पाटीलाई लाग्ने भन्ने नहुने उहाँको भनाई थियो ।
फरक प्रसंगमा बोल्दै उहाँले काँग्रेस पार्टीलाई केन्द्रमा राखेर अघि वढ्नु पर्ने बताउनुभयो । उहाँले भन्नुभयो “पार्टी भन्दा पनि व्यक्ति, समुहलाई महत्व दिदाँ तपाई हामी कहाँ पुगेका छौ भन्ने कुरा सबैले लेखाजोखा र आँफैले मनन् गरेर बुझ्नुु पर्छ ।” पार्टी भित्रको चुनौति भनेको व्यवस्थापन रहेको उहाँको भनाई थियो । संघिय लोकतान्त्रीक समाबेशी संबिधान नेपाली काँग्रेसको नेतृत्वबाट जारी संबिधानको भावना र मर्म अनुसार अक्षरस पालना गरेर त्यसको आधारमा राजनैतिक स्थायीत्व कामय गर्दै बिकासलाई संगै लैजानु पर्ने उहाँले बताउनुभयो ।
नेपाली काँग्रेस चितवनका सभापति राजेश्वर खनालले क्रान्तिकारी परिवर्तन देखि राज्यलाई नयाँ ढङ्गबाट अगाडी वढाउन काँग्रेस सक्षम रहेको बताउनुभयो । यसका लागि सबै संगठित भएर अघि वढ्नु पर्ने उहाँको भनाई थियो । सो अबसरमा नेपाली काँग्रेस चितवनका उपसभापति राजिप न्यौपाने, महिला बिभाग सदस्य कलावती भट्टराई लगाएतले बोल्नु भएको थियो ।