
चितवनः जिल्लाको समग्र बिकासका लागि तीन तहका सरकार बिच समन्वयकारी भूमिका आबश्यक रहेको सरोकारवालाहरुले बताएका छन् । जिल्ला समन्वय समिति चितवनले आज यहाँ आयोजना गरेको आर्थिक वर्ष २०८०÷०८१ को बार्षिक प्रगति समिक्षा कार्यक्रममा बोल्ने पालिका प्रमुख एबं उपप्रमुखहरु, दलका प्रतिनिधिहरुले समग्र जिल्लाको बिकासका लागि समन्वय हुन जरुरी रहेको बताएका हुन ।
जिल्लाको बिकासमा पालिकाहरुको महत्वपूर्ण योगदान रहेको भन्दै उनीहरुले समुन्नत बिकासका लागि तीन तहको सरकारको महत्वपूर्ण भूमिका रहने बताउनुभयो । बागमती प्रदेशका वन तथा वातावरण मन्त्री कृष्ण प्रसाद शिलवालले समग्र बिकासका लागि हिजोको समस्या समाधान र आगामी दिनको योजना वनाएर अघि वढ्नु पर्ने बताउनुभयो । उहाँले भन्नुभयो “समिक्षाबाट निस्किएको निचोडलाई कार्यान्वयनमा लैजानु पर्छ ।” जनप्रतिनिधिहरुले जनताको सेवकको रुपमा काम गर्न जरुरी रहेको उहाँको भनाई थियो ।
कार्यक्रममा भरतपुर महानगरपालिका उपप्रमुख चित्रशेन अधिकारी, खैरहनी नगरपालिकाका प्रमुख शशि कुमार खनिया, कालिका नगरपालिकाका प्रमुख बिनोद रेग्मी, राप्ती नगरपालिकाका प्रमुख शमशेर लामा, माडी नगरपालिकाका प्रमुख ताराकुमारी काजि महतो, इच्छाकामना गाउँपालिका उपाध्यक्ष मायाँ शिलबालले जिल्लाको समग्र बिकासका लागि स्थानीय तहको सिफारीसमा प्रदेश र संघिय सरकारले बजेट बिनियोजन गर्नु पर्ने बताउनुभयो । प्रदेश सरकारका योजना कार्यान्वयनका क्रममा समस्याहरु आएको उहाँहरुको भनाई थियो । बजेट छिरोलियर आउने र पुनः वजेट माग गर्न जाँदा नपाउने गरेको उहाँहरुको गुनासो छ ।
कार्यक्रममा बोल्दै राजनैतिक दलका प्रमुख एवं प्रतिनिधिहरुले बिकासको योजना वनाएर अघि वढ्न पालिका प्रमुखहरुलाई आग्रह गरेका छन् । नेपाली काँग्रेस चितवनका सभापति राजेश्वर खनाल, नेकपा एमालेका जिल्ला अध्यक्ष कमल पाठक, नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक रामचन्द्र अधिकारी, नेकपा समाजबादीका अरुणपिडित भण्डारीले जनप्रतिनिधिहरु जनता प्रति वफादार हुन आबश्यक रहेको बताउनुभएको हो ।
जिल्ला समन्वय समितिका प्रमुख नारायण प्रसाद अधिकारीले समग्र जिल्लाको बिकासमा पालिकाहरुले महत्वपूर्ण ध्यान दिन आबश्यक रहेको बताउनुभयो । कार्यक्रममा जिल्लाका सात पालिका र सरकारी कार्यालयहरुले गत वर्ष आफ्नो पालिकामा गरेका कामको प्रगति र यस वर्ष गर्ने योजनाहरु प्रस्तुत गरेका थिए ।