चितवनः स्थानीय प्रशासनले वर्षातको कारण हुन सक्ने क्षतीलाई मध्यनजर गर्दै नारायणगढ–मुग्लिन–नागढुङ्गा सडक खण्डमा सवारी साधन संञ्चालनमा रोक लगाएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले आज एक सूचना जारी गर्दै आइतबार बिहान ५ वजे सम्मका लागि सम्पूर्ण सवारी साधन संञ्चालनमा रोक लगाएको हो ।
प्रशासकीय अधिकृत अन्तिम सिंजालीद्धारा जारी सूचनामा सो सडक खण्डमा पहिरोको जोखिम कायमै रहेको हुँदा हाललाई सवारी सञ्चालनमा पूर्ण रुपमा रोक लगाईएको हो । सूचनामा भनिएको छ “सवारी धनी एबं यात्रु मानुभावहरुलाई सो सडक खण्ड हुँदै सवारी नचलाउई दिनुहुन तथा यात्रा नगरी यथास्थानमानै बसी सुरक्षित रहनुहुन अनुरोध छ ।” शुक्रबार काठमाडौंतर्फ जान हिँडेका सवारी साधनहरु मौषम प्रतिकूलताका कारण आइतबार सम्म आँपटारीमानै रोकिनु पर्ने अबस्था भएको भन्दै सिंजालीद्धारा जारी सूचनामा यात्रुहरुलाई धैर्यधारण गरी बस्न अनुरोध गरिएको छ ।
अत्याबश्यक काम बाहेक नदी तटिय क्षेत्रमा नजान र अन्य क्रियाकलापहरु नगर्न नगराउनुहुन जिल्ला प्रशासन कार्यालय चितवनले अनुरोध गरेको छ । यस अघि जिल्ला प्रशासन कार्यालय चितवनले शुक्रबार मात्रै रातको समयमा सो सडक खण्डमा सवारी संञ्चालनमा रोक लगाएको थियो । विपदजन्य घटना भए प्रहरी कार्यालयमा सम्पर्क गर्न समेत अनुरोध गरिएको छ ।

प्रतिक्रिया दिनुहोस !