चितवनः नारायणी नदीको सतह हाल सम्मकै उच्च विन्दुमा पुगेको छ। नदीको सतह आज बिहान १० वजेर ४५ मिनेट जाँदा नदीमा पानीको सतह ११ दशमलब ५५ मिटर पुगेको हो ।
नारायणी बेसिन फिल्ड कार्यालय भरतपुरका सूचना अधिकारी बिशाल अधिकारीका अनुसार गत असार २२ गते सबैभन्दा बढि १० दशमलब ६७ मिटर जल सतह मापन गरिएको थियो । उहाँका अनुसार अहिले सो सतहभन्दा माथि पुगेको हो ।
सन् १९६२ फेब्रुअरी १० देखि जलस्तर मापन सुरु गरिएको हो । उहाँका अनुसार सन् १९७४ अगष्ट ५ मा नारायणीको जलस्तर १० दशमलव एक मिटर र १५ हजार ३०० घनमिटर प्रतिसेकेण्ड बहाव मापन गरिएको थियो। त्यस पछिको सबैभन्दा बढि गएको असार २२ गते मापन गरिएको हो ।
मपन गर्न थालिए यता सबैभन्दा बढी आज बिहान मापन गरिएको हो । सन् १९६३ देखि हालसम्मको तथ्याङ्कलाई हेर्दा नारायणीको शिरतर्फका क्षेत्रमा सबैभन्दा बढी पानी यस वर्ष परेको देखिन्छ। नारायणी नदीको खतराको तह आठ मिटर र बहाव नौ हजार ९९२ घनमिटर प्रतिसेकेण्ड रहेको छ। यसको चेतावनी तह सात दशमलव तीन मिटर र आठ हजार ४६० घनमिटर प्रतिसेकेण्ड रहेको छ ।
नदी वढे संगै चितवन र नवलपरासीका नदी तटिय क्षेत्र प्रभाबित भएका छन् ।