चितवनः नेपाली काँग्रेसले देशभर बिभिन्न कार्यक्रमहरु गरी मनाएको छ । ७७ जिल्ला र सातै प्रदेशमा बिभिन्न कार्यक्रमको आयोजना गरी बि.पी. जयन्ती मनाएको काँग्रेसले हरेक जिल्लामा केन्द्रीय स्तरका नेताहरु सहभागी भएको कार्यक्रममा चितवन सर्बोत्कृष्ठा भएको छ ।
नेपाली काँग्रेस चितवनका सभापति राजेश्वर खानललाई काँग्रेस केन्द्रीय कार्यालयबाट उत्कृष्ठ कार्यक्रम गरेको भन्दै धन्यबाद समेत व्यक्त गरिएको छ । खनालका अनुसार पार्टी कार्यालयका सचिबले उहाँलाई टेलिफोन गरी देशभरीमा उत्कृष्ठ कार्यक्रम गरि मनाएको भन्दै बधाई दिनुभएको हो ।
काँग्रेस चितवनले बि.पी जयन्तीको अबसरमा बिशेष सम्मान कार्यक्रकमको आयोजना गरेको थियो । बिगत तीन वर्ष देखि गर्दै आएको सम्मान कार्यक्रमलाई यस बर्ष पनि निरन्तरता दिएकको थियो काँग्रेस चितवनले । मरणोप्रान्त सम्मान, बिशिष्ट सम्मान र बिशेष सम्मान गरि काँग्रेस चितवनले १७४ जना नेता तथा कार्यक्रताहरुलाई सम्मान गरेको थियो । काँग्रेसका महामन्त्री गगन कुमार थापा र केन्द्रीय सदस्य एबं स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलको उपस्थितिमा गरिएको सो कार्यक्रममा देशभरको उत्कृष्ठ वनाउन सहयोग गर्ने जिल्ला कार्यसमिति, नगरसमितिहरु, वडा समितिहरु सबैलाईसभापति खनालले धन्यवाद समेत ज्ञापन गर्नुभएको छ ।