चितवनः नेपाली काँग्रेसका महामन्त्री गगन कुमार थापाले काँग्रेसलाई बिग्रन नदिने बताउनुभएको छ । नेपाली काँग्रेस चितवनले आज यहाँ आयोजना गरेको जननायक बि.पी. कोईरालाको १११ औं जन्मजयन्तीको अबसरमा बिशेष सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले काँग्रेस सबैको घर भएको र यसलाई बिग्रन नदिने बताउनुभएको हो ।
उहाँले भन्नुभयो “घरमा केही फोहोर देखिएको थियो । त्यसलाई सफा गछौं । बिग्रन लागेको घर हामी समाल्छौ ।” पछिल्ला समयमा काँग्रेसले निर्वाचन जित्नका लागि मात्रै गठवन्धन गरेको बताउँदै उहाँले थप्नुभयो “अब बिचारको आधारमा काँग्रेस अगाडी वढ्छ ।” निर्वाचन जित्नु र सरकार वनाउनुलाई प्रथामिकतामा नराखि काँग्रेसको बिचारलाई गाउँ गाउँ सम्म पु¥याउन आबश्यक रहेको उहाँले बताउनुभयो । यसका लागि सबै एक पटक आँफुलाई सच्याउने संकल्प लिएर अघि बढ्न नेता कार्यक्रर्ताहरुलाई उहाँले आग्रह गर्नुभयो ।
अबका निर्वाचनमा काँग्रेसलाई एक्लै लड्न सक्ने गरी संगठनलाई सुदृढ वनाएर अघि वढ्नुपर्ने उहाँको भनाई थियो । गठवन्धनको राजनीति त्याग योज्ञ रहेको छ भन्ने कुरा बुझेर नै केन्द्रीय समितिले निर्णय लिएको उहाँले बताउनुभयो । केन्द्रीय समितिको बैठकबाट काँग्रेस सुद्दिकरणको बाटोमा अघि वढेको नेता थापाले बताउनुभयो । उहाँले भन्नुभयो “माथि बिग्रदा तल बिग्रीयो भनियो अब यो भन्ने छुट कसैलाई छैन ।” हरेक जनताको समस्यामा समाधानका केन्द्र काँग्रेस वन्ने गरि अघि वढ्नु पर्ने उहाँले बताउनुभयो ।
कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य एबं स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले पार्टीले अब आफ्ना बिचारहरु प्रष्ट राखेर जनतामाझ जानु पर्ने बताउनुभयो । यसका लागि संगठनमा एकताबद्द वनाएर अघि वढ्नुको बिकल्प नरहेको उहाँको भनाई थियो । उहाँले भन्नुभयो “सरकारमा रहेका साथीहरुले पार्टी संगको परामर्शमा मन्त्रालयबाट काम गर्नु पर्ने र बाहिर रहेका साथीहरुले खवरदारी जारी राख्नु पर्ने छ ।” यसले मात्र बि पीको सच्चा कार्यकर्ता बन्न सकिने उहाँले बताउनुभयो । फरक प्रसंगमा बोल्दै उहाँले पार्टीका महामन्त्री स्वास्थ्य मन्त्री हुँदा गरिएका योजनाहरुलाई कार्यान्वयनमा लैजान आँफुले भूमिका खेल्ने बताउनुभयो ।
सो अबसरमा नेपाली काँग्रेसका केन्द्रीय सदस्यहरु उमा रेग्मी, टेकप्रसाद गुरुङ्, दिनेश कोईराला, पूर्ब पार्टी सभापतिहरु बिकास कोईराला, जीतनारायण श्रेष्ठले पार्टीलाई बलियो वनाउन सबैले आफ्नो ठाउँबाट काम गर्नुपर्ने समय आएको बताउनुभयो ।
नेपाली काँग्रेस चितवनका सभापति राजेश्वर खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बिभिन्न बिधामा १७४ जना नेताहरुलाई सम्मान गरिएको थियो । मरणेप्रान्त सम्मान, बिशिष्ठ सम्मान र बिशेष सम्मान गरी उहाँहरुलाई सम्मान गरिएको हो ।

प्रतिक्रिया दिनुहोस !