चितवनः उद्योग संघ चितवनको गभर्नीङ् काउन्सीलले आफ्नै बिधान मिचेको पाईएको छ । बिधानमा स्पष्ट ५ जना सदस्य निर्वाचित, १ जना मनोनित र १ जना आमन्त्रीत सदस्यको रुपमा राखिने छ भनिएको भए पनि अहिले आएर दुई जनालाई आमन्त्रीत गरेको हो ।
गभर्नीङ् काउन्सील ;दःय ह’न पूर्ब अध्यक्ष भएको हुनु पर्ने, सक्रिय उद्योगी हुनु पर्ने र नियमित सदस्यता नबिकरण गरेको हुनु पर्ने हुन्छ । तर काउन्सीलमा आमन्त्रीत सदस्य दुई जनालाई बनाईएको छ । पूर्ब अध्यक्षहरुबाट कृष्ण अधिकारी र ताराप्रसाद पौडेललाई आमन्त्रीत सदस्यको रुपमा ल्याईएको हो । बिधानले एक जना मात्रै आमन्त्रीत सदस्य हुने भनि गरेको व्याख्यलाई काउन्सीलले लत्याएको स्रोतले बतायो ।
पहिले नै काउन्सिलले कृष्णप्रसाद अधिकारीलाई आमन्त्रित सदस्यमा मनोनयन गरि पदहरु पुर्ति गरी सकेको भएता पनि पछि आएर श्री तारा प्रसाद पौडेलले काउन्सिलमा आउन पटक पटक ईच्छा राखेको हुनाले उनलाई काउन्सिलले विधान मिच्दै वाईल्ड कार्ड ईन्ट्रि गराएको छ । तारा प्रसाद पौडेल स्वभावले पहिल्य देखिनै आफुले चाहेको कुनै पनि शर्तमा हुनपर्छ भन्ने स्वभावका मान्छे हुन र सोहि स्वभावले गर्दा अनेकन पटक विभिन्न सामाजिक तथा प्राईभेट संघ संस्थामा विवादमा आईसकेका छन् । पछिल्लो पटक यीनको यस्तै स्वभावका कारण घरेलु उद्योग, बाग्मति प्रदेश सदस्यबाट पनि दुई महिनामै आफुले भनेको नहुँदा विवादमा परी राजिनामा दिएका थिए । यसरी यीनको यहि स्वभावले गर्दा हालको काउन्सिलले उँहालाई विधान भन्दा बाहिर गएरै भएपनि काउन्सिलमा ल्याउन पर्ने बाध्यता भएको ठम्याई छ ।
काउन्सीलमा अध्यक्ष,उपाध्यक्ष, सहित सदस्य निर्बाचित हुने व्यवस्था ररहेको छ । बिधान बिपरित काउन्सील सदस्य आमन्त्रीत गर्न मिल्छ की मिल्दैन भनेर संघका अध्यक्ष सूर्य प्रसाद न्यौपानेलाई पटक पटक सम्पर्क गर्न खोज्दा उहाँले कुरा गर्न खोज्नु भएन ।
साथै संघका कार्यकारी निर्देशक श्री गणेश प्रसाद सिलवालको पनि यस विषयलाई लिएर स्पष्ट जवाफ आउन सकेन ।यतिका घटनाक्रम हुदँै गर्दा पनि विधाननै मिचेर काउन्सिलले आमन्त्रित सदस्य थप्न पर्ने कारण वास्तावमा के हो त भन्ने कुरा अझै स्पष्ट भने हुन सकेको छैन ।
र अन्तमा यसरी विधान विपरित सदस्य भित्राएर काउन्सिलले हालसम्म गरेका निर्णय र सिफारीसहरुको वैधानिकता के हुन्छ र के काउन्सिलले यथाशिघ्र उहाँलाई आमन्त्रित सदस्यबाट हटाएर आफुबाट भएको त्रुटि सच्चाउला त भन्ने विषय गम्भिर बनेको छ ।
उद्योग संघका पूर्ब अध्यक्ष हरि सुबेदी सबै अधिकारी कार्य समितिमा रहेको भन्दै जवाफ दिनबाट वन्चित हुनुभयो । बिधान समय अनुसार परिमार्जन गर्नुपर्ने भन्दै उहाँले अहिलेको बिधानको बिन अनुसार नै अहिले काम हुनु पर्ने बताउनुभयो । संघको गरेको निर्णय बिरुद्ध संघका पुर्ब अध्यक्ष एबं कार्यसमिति सदस्यहरु रहेका छन् । उहाँका अनुसार अबको निर्णय कार्यसमितिमा निहित हुन्छ । यध्यपपि बिधान बिपरित वनेको काउन्सीलले शनिबार मात्रै बरिठताको क्रम तोक्दै छ । बिधान मिचेर बनेको काउन्सीलले गरेको यस निर्णयलाई बैधानिकता अहिलेको कार्यसमितिले दिन्छ कि दिदैन हेर्न बाँकी छ ।
गभर्निङ्ग काउन्सीका उपाध्यष भेषराज दवाडीले आमन्त्रीत सदस्यलेले कुनै पनि पक्रियामा भाग लिन नपाउने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस !