
चितवनः यहाँको मैयाँदेवी कन्या कलेजले तिजको अबसरमा दुई सय छात्रालाई सम्मान गरेको छ । आज तिज गीत प्रतियोगिता, मैयाँदेवी छात्रा सम्मान २०८१ तथा तिज विशेष दरखाने कार्यक्रमको आयोजना गरी यहाँ स्नातक र स्नातकोत्तर अध्ययन गरी स्वदेशमानै रोजगारीमा रहेका एबं स्वरोजगार भएका छात्राहरुलाई सम्मान गरिएको हो ।
छात्राहरुलाई भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले सम्मान गर्नुभएको हो । सो अबसरमा बोल्दै दाहालले यस कलेजमा कक्षा १२ सम्म अध्ययन गर्ने छात्राहरुलाई सेनीटेरी प्याड र साइकलको व्यवस्था गर्ने बताउनुभयो । उहाँले भन्नुभयो “हामी अन्य सामुदायीक बिद्यालयहरुमा कक्षा १२ सम्म अध्ययन गर्ने छात्राहरुलाई सेनीटेरी प्याड र साईकल बितरण गरेका छौ । सो कार्यक्रम यस कलेजका छात्रहरुलाई पनि समेट्ने गरी काम गछौं ।”भरतपुर महानगरको भ्रमण वर्षलाई प्रबद्धन गर्ने उद्देश्यले कलेजले तिज गित प्रतियोगिता आयोजना गरेको भन्दै उहाँले तिजको मौलिकता हराउँदै गएको प्रति चिन्ता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो “तिज मौलिकता भन्दा भड्काउ तिर गएको छ । यसको मौलिकता जोगाई राख्नु पर्छ ।”
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादब, कलेजमा प्रमुख भोजराज न्यौपाने, कार्यक्रमका संयोजक कृष्ण प्रसाद न्यौपाने लगाएतले तिजको अबसर पारि कलेजले आयोजना गरेको छात्रा सम्मान कार्यक्रम उदाहारणीय भएको बताउनुभयो । भ्रमण वर्ष लक्षित गर्दै गरिएको तिज गित प्रतियोगिताले भ्रमण वर्षको प्रबद्धन गर्न सहयोग पुगेको उहाँहरुले बताउनुभयो ।
कलेजका अध्यक्ष टंकनाथ पौडेलले कलेज स्थापना देखि हाल सम्म यहाँ अध्ययन गरेर स्वदेशमा रोजगारी गरेका, स्वरोजगार भएका र बिभिन्न संघ संस्थाको नेतृत्व दायी भूमिकामा रहेकाहरुको सम्मान गरिएको बताउनु्भयो । कलेजले छात्राको सम्मानका लागि यहाँ अध्ययनरत छात्राहरुको चितवन मेडीकल कलेजमा उपचारका लागि ५० प्रतिशत छुट, ए प्लस ग्रेड ल्याएका बिद्यार्थीलाई भर्ना निशुल्क, ए ग्रेड ल्याएका छात्राहरुलाई ५० प्रतिशत छुट दिदैं आईएको उहाँले जानकारी दिनुभयो । यस्तै जिल्ला बाहिरबाट यहाँ अध्ययनका लागि आएका छात्राहरुलाई २० प्रतिशत छुट दिईएको पौडेलले बताउनुभयो । सो अबसरमा कलेजले त्रिभूबन बिश्वबिद्यालयले लिएका परिक्षामा उत्कृष्ठ अंकल ल्याउने बिद्यार्थीहरुलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा यही भदौ १४ गते सम्पन्न “भरतपुर भ्रमण वर्ष २०२४” शिर्षकमा तिजगित प्रतियोगितामा उत्कृष्ठ हुने बिद्यालहरुलाई पुरस्कार समेत प्रदान गरिएको थियो । प्रतियोगितामा नारायणी नमुना माध्यामिक बिद्यालय पहिलो, आदिकबि भानुभक्त माध्यामिक बिद्यालयले दोस्रो, मैयाँदेवी कन्या कलेज तेस्रो र गुञ्जनगर माध्यामिक बिद्यालय एबं सरस्वती माध्यामिक बिद्यालय जितपुरले सान्तोना स्थान प्राप्त गरेका थिए ।