चितवनः चितवन राष्ट्रिय निकुञ्जमा गएको एक वर्षमा ७६ जनावार मरेका छन् । १५ प्रजातीका ती जनावार मृत अबस्थामा भेटिएका हुन । सबैभन्दा बढी चित्तल मृत भेटिएका हुन ।
निकुञ्जका सूचना अधिकारी गणेश प्रसाद तिवारीका अनुसार गत आर्थिक वर्षमा २४ वटा चित्तल मृत भेटिएका हुन । जस मधये दुईवटा कुकुरले आक्रमण गरेर मरेका हुन भने २२ वटा प्राकृतिक कारणले मरेका हुन । गैंडा २१ वटा मरेका छन् । मरेका गैंडा मध्ये १८ वटा प्राकृतिक कारणले हो भने २ वटा चोरी शिकारीले र एउटाको कारण खुल्न नसकेको उहाँले बताउनुभयो । प्राकृतिक कारणले ८ वटा बाघ मरेका छन् । रतुवा ६ वटा मरेको अबस्थामा भेटिएको उहाँले बताउनुभयो । ती सबै प्राकृतिक कारणले मरेका हुन । पाँच वटा हात्ती र जरायो ४ वटा प्राकृतिक कारणले मरेका छन् ।
यसै अबधिमा घडियाल गोही दुईवटा मरेका छन् । एउटा प्राकृतिक कारणले हो भने एउटाको कारण खुल्न सकेको छैन । मगर गोही २ वटा, बँदेल एउटा, लगुना एउटा र दुईवटा अन्य जनावार प्राकृतिक कारणले मरेको उहाँले बताउनुभयो । मरेको अबस्थामा भेटिएका जनावार मध्ये ७० वटा जनावार प्राकृतिक कारणले, २ वटा चोरी शिकारीले, २ वटा कुकुरको आक्रमणबाट र दुईवटा कारण खुल्न नसकेको तिवारीले जानकारी दिनुभयो ।
गत बर्ष निकुञ्जले २२२ वटा जनावरलाई उद्दार गरेको जनाएको छ । उद्दार गरिएकोमा सबैभन्दा धेरै अजिंगर १४१ वटा रहेका छन् । ३३ वटा सर्प, ११÷११ वटा बाघ र मगर गोहीको उद्दार गरिएको उहाँले बताउनुभयो । चित्तल ६ वटा, गैंडा तीनवटा, जरायो, बँदेल र चितुवा २÷२ वटा, सुन कछुवा र घडियाल गोही १÷१ वटाको उद्दार गरिएको छ । अन्य जनावार ९ वटाको उद्दार गरिएको तिवारीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस !