चितवनः बर्षातको समयमा सबैतिरका पर्यटकीय गन्तव्य सुनसान हुँदै गर्दा यहाँको दियालो बंगला हेर्न आउनेहरुको संख्या बढ्दै गएको छ । गएको असार २३ गते दियालो बंगला सर्बसाधारणका लागि खुल्ला गरिएको थियो ।
भरतपुर महानगरपालिकाले व्यवस्थापनको जिम्मेवारी लिएर बंगला सर्बसाधारणका लागि खुल्ला गरिएको हो । चार दिन सम्म निशुल्क प्रबेश गराईएकोमा असार २७ गतेबाट शुल्क लिएर प्रबेश दिईएको छ । भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीका अनुसार असार २७ गते याता एक सातामा २ हजार ८६ जनाले दियालो बंगला अबलोकन गरेका छन् । उनीहरुबाट रु १ लाख ९१ हजार ७०० राजस्व संकलन भएको छ ।
सर्बसाधारण नेपालीलाई प्रबेश शुल्क रु १००, जेष्ठ नागरिक र बिद्यार्थीलाई ५० प्रतिशत छुट गरिएको छ । यस्तै छिमेकी राष्ट्रहरु भारत र चीनका पर्यटकहरुका लागि रु १५०, ती वाहेकका सार्क राष्ट्रका पर्यटककका लागि रु २०० र अन्य मुलुकका पर्यटकका लागि रु ३०० तय शुल्क तय गरिएको छ । अधिकारीले दैनिक घुम्न आउनेहरुको संख्या बढ्दै गएकोब ताउनुभयो ।
भरतपुर महानगरपालिका वडा नम्बर १ मा दियालो बंगला छ । नेपाल ट्रष्ट संग सम्झौता गरेर व्यवस्थापनको जिम्मेवारी महानगरले लिएको हो । उठेको राजश्वको ६० प्रतिशत ट्रष्ट र ४० प्रतिशत महानगरले पाउने गरी व्यवस्थापन गरिएको हो । महानगर प्रमुख रेनु दाहालले दियालो बंगलाको ऐतिहाँशिक महत्व भएकाले यहाँ घुम्न रुचाउनेहरुको संख्या दिनानुदिन बढ्दै गएको बताउनुभयो । दरवार क्षेत्रमा बालबालिकाका लागि संरचना नबिग्रने गरी बालउद्यान बनाउने तयारी गरिएको छ । जाडो महिनामा राजपरिवारले यही दरवारमा धेरै समय बिताउने गरेका थिए । सिकार खेल्न आउँदा बस्ने ठाउँ यो हो । ऐतिहाँसिक महत्व बोकेको दरवारभित्र पहिलो तलामा ठूलो बैठक कक्ष छ । जसको भित्तामा पूर्व राजारानी महेन्द्र र वीरेन्द्रको तस्वीर देख्न सकिन्छ । भ¥याङमा वि. सं. २०२६ सालमा राजा महेन्द्रले शिकार गरी मारेको घडियाल गोही सजाएर राखिएको छ । भित्तामा बाघको टाउको जस्ताको तस्तै अवस्थामा राखिएको छ ।
दरबारमा पाँचवटा खोपी (बेडरुम) छन् । १ नम्बर खोपी मुमा रत्नराज्यको हो भने २ नंम्बर राजा र ३ नंम्बर रानी, ४ र ५ राजपरिवारका अन्य सदस्यका हुन् । सबै खोपीमा शौचालयसँगै छ । राजपरिवारले प्रयोग गरेका सामग्री अहिले पनि जस्ताको तस्तै छ । दरबारको छेउमा दरबारका महिला सुसारेका लागि ‘नानीगञ्ज’ छ भने सँगै राजाको सुरक्षा गार्डका लागि एडिसी क्वाटर छ । केही पर सवारी साधन राख्नका लागि ग्यारेज छ । त्यसको छेउमा रहेको पौडी पोखरीमा अहिले पानी छैन ।
यसको अध्ययन र अबलोकनका लागि बिद्यालय र क्याम्पसका बिद्यार्थीहरुलाई लैजने तयारी समेत गरिएको छ । प्रमुख दाहालले लामो समय देखि नेपाली सेनाको सुरक्षामा रहेको दरबार क्षेत्र भित्र के छ भन्ने कौतुहलता मेट्दै सर्बसाधारणले अवलोकन गर्न सक्ने बातावरण मिलाईएको बताउनुभयो । बर्षात सकिए संगै यहाँ आउने पर्यटक निकै बढ्ने अनुमान गरिएको दाहालको भनाई छ । व्यवस्थित व्यवस्थापनका लागि महानगरपालिका लागि परेको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस !