
चितवनः पूर्ब पश्चिम रेलमार्गको सर्भे गर्न आएको टोली सवार कारमा स्थानीयले आगजनी गरेका छन् । भरतपुर महानगरपालिका वडा नम्बर ७ स्थित नगर प्लानिङ्मा बागमती प्रदेश ०१–०३० च ७१९० नम्बरको कारमा आज दिउँसो आगजनी गरेका हुन ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार रेलमार्गको गुगल म्याप सर्भे गर्न आएको आरएच कन्सल्टेन्सीको टोलीको कारमा स्थानीयले आगजनी गरेका हुन । सर्भेका लागि आएको टोलीलाई स्थानीय दुई, तीन सय जनाले घेरेर राखेका थिए । कार्यालयका प्रबक्ता प्रहरी नायब उपरिक्षक भेषराज रिजालका अनुसार सर्भेका लागि आएका कर्मचारीले प्रहरीले सुरक्षित स्थानमा लगेको छ । कारमा लगाईएको आगो नियन्त्रणमा लिईएको उहाँले बताउनुभयो ।
घटनाको थप अनुसन्धान भईरहेको रिजालले बताउनुभयो ।