
चितवनः चितवन मदिरा तथा प्रोभिजनल व्यवसायी संघले सिमलतालमा पहिरोमा परि वेपत्ता भएका परिवारका आफन्त तथा उद्दार कर्ताहरुलाई निशुल्क रुपमा पानी तथा खाध्य पदार्थ बितरण गरेको छ । संघले बिपदमा उद्दारका सहयोगका लागि आबश्यक पानी, पेयपदार्थ र चाउचाउ, बिस्कुटहरु सहयोग गरेको हो ।
मदिरा व्यवसायी महासंघका केन्द्रीय सचिब यमवहादुर गुरुङ्ले घटना स्थल तथा खोजि कार्य भईरहेको स्थानमा पुगेर पिडित परिवार र उद्दारमा संलङ्नहरुलाई सहयोग गरेको बताउनुभयो । उहाँले संस्थाको तर्फबाट सामाजिक उत्तरदायीत्व अन्तर्गत सो कार्य गरेको बताउनुभयो । उहाँले भन्नुभयो “विपदमा परेकाहरुलाई सहयोग गर्नु पर्छ भन्ने भावनाले घटना स्थलमानै पुगेर सहयोग गरेका हौ ।” मानविय सेवा भावले सहयोग गरिएको उहाँले बताउनुभयो ।
संघका जिल्ला अध्यक्ष गोविन्द पाण्डृे सहितको टोलीले सिमलताल, देवघाट, गोलाघाट लगाएतका क्षेत्रमा खोजिमा खटिएकाहरुलाई सहयोग गरिएको हो ।