चितवनः नारायणी नदीको पानीको वहाब बढ्दै गएकाले तटीय क्षेत्रमा बसोबास गर्नेहरुलाई उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय चितवनले अनुरोध गरेको छ । प्रमुख जिल्ला अधिकारी इन्द्रदेब यादबले नारायणी नदीको जल मापन केन्द्रमा पानीको सतह आज अपराहान्न १२ वजे ७ दशमलब ३ मिटर मापन गरिएको बताउनुभयो ।
उहाँका अनुसार नदीमा जल सतह सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेको छ । चितवन र नवलपरासी जिल्लाको तटिय क्षेत्रमा बसोबास गर्नेहरुलाई उच्च सतर्कता अपनाउन उहाँले आग्रह गर्नुभयो । राती देखि परेको पानीका कारण नदीको वहाब वढ्दो क्रममा रहेको उहाँ भनाई छ ।

प्रतिक्रिया दिनुहोस !