चितवनः पहिरोका कारण पृथ्वी राजमार्ग अबरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका वडा नम्बर ३ मौवाखोला नजिक सडकमा ढुङ्गा, लेदो सहितको पहिरो खसि सडक दुईतर्फी अबरुद्ध भएको हो ।
प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार आज बिहान ५ वजे देखि पहिरोका कारण सडक अबरुद्ध भएको हो । पहिरो पन्छाउने काम थालिएकाले पानी परिरहेकाले पहिरो पन्छाउन कठिन भएको उहाँले जानकारी दिनुभयो । पहिरोका कारण पृथ्वी राजमार्ग भएर काठमाडौं जाने र आउने सवारी साधन रोकिएका छन् ।

प्रतिक्रिया दिनुहोस !