चितवन: संघिय सरकारले जिल्लाका लागि बिनियोजन गरेको पूंजीगत खर्च मध्ये ७३ दशमलब ८२ प्रतिशहत खर्च भएको छ । संघिय सरकारबाट जिल्लाको भौतिक पूर्बाधारका लागि बिनियोजन गरिएको रकम मध्ये रु ४ अर्ब ४१ करोड ६९ लाख ५३ हजार ६२४ खर्च भएको हो ।
संघबाट पुजीगत खर्चका लागि बिनियोजित वजेट रु ५ अर्ब ९८ करोड ३२ लाख ३५ हजार ७८० रहेको थियो । कोष तथा लेखा नियन्त्रण कार्यालय चितवनका प्रमुख एकनारायण शर्माका अनुसार संघिय सरकारले बिभिन्न क्षेत्रमा बिनियोजन गरेको बिकास खर्चबाट सो अनुसारको खर्च भएको हो ।
यस्तै संघिय सरकाले बिनियोजन गरेका चालु खचृमा ९१ दशमलब ६४ प्रतिशत खर्च भएको छ । चालु खर्चका लागि बिनियोजित रकम रु १२ अर्ब ९० करोड ३२ लाख ९८ हजार ३१३ मध्ये रु ११ अर्ब ८२ करोड ३६ लाख ६० हजार ३० खर्च भएको हो । उहाँका अनुसार जिल्लामा संघिय सरकारबाट प्राप्त बजेट मध्ये रु १६ अर्ब २४ करोड ६ लाख १३ हजार ६५४ खर्च भएको छ । जिल्लामा संघिय सरकारबाट रु १८ खर्ब ८८ करोड ५६ लाख ३४ हजार ९३ बिनियोजन भएको थियो । संघिय सरकारबाट बिनियोज कुल बजेटको ८५ दशमलब ९९ प्रतिशत खर्च भएको उहाँले जानकारी दिनुभयो ।
यस्तै प्रदेश सरकारबाट प्राप्त बजेट मध्ये ७३ दशमलब ६५ प्रतिशत मात्र खर्च भएको छ । शर्माका अनुसार प्रदेश सरकारबाट प्राप्त चालु खर्च तर्फको ७८ दशमलब ३६ प्रतिशत र पूजिगत तर्फ ७५ दशमलब ८३ प्रतिशत खर्च भएको छ । प्रदेश सरकारले चालु तर्फ रु १ अर्ब ६१ करोड ९४लाख ३० हजार ४८७ बिनियोजन गरेकोमा रु १ अर्ब २६ करोड ८९ लाख ३७ हजार ९१४ खर्च भएको छ । यस्तै पूजीगत तर्फ रु ३ अर्ब ३६ करोड १९ लाअ २८ हजार बिनियोजन भएकोमा रु २ अर्ब ४५ करोड ९२ लाख ३१ ह्जार ७१० खर्च भएको छ । जिल्लामा प्रदेशबाट रु ४ अर्ब ९८ करोड १३ लाख ५८ हजार ४८७ बिनियोजित भएको मा रु ३ अर्ब ८१ करोड ८१ लख ६९ हजार ६२५ खर्च भएको छ ।
जिल्लाको समग्र बिकास क्रमले केही तिब्र गति लिएका कारण अहिले अघिल्ला वर्षको तुलनामा पूजीगत खर्च वढेको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस !