चितवनः आत्महत्या गर्न लागेका भरतपुरका एक युवाकाे उद्वार गरिएकाे छ । शशस्त्र प्रहरीवल १७ नम्बर गण आपटारीले आत्महत्याका लागि सुसाईट नाेट लेखेर नारायणी नदिमा हाम फाल्न लागेका युवाकाे उद्वार गरेकाे हाे ।
भरतपुर महानगरपालिका वडा नम्बर ११ का ती युवा नदिमा हाम फाल्नका लागि माैका पर्खेर वसेकाे समयमा उनलाई हामफाल्नबाट राेकिएकाे शशस्त्र प्रहरी उपरिक्षक एबं गणका प्रमुख राजेश खरेलले जानकारी दिनुभयाे । उहाँका अनुसार बिहान देखि नै घरबाट निस्कियका उनलाई परिवारले समेत खाेजी गरिरहेकाे समयमा उद्वार गरि नेपाल प्रहरीकाे जिम्मा लगाईएकाे उहाँले जानकारी दिनु भयाे । उहाँलृ भन्नुभयाे “एउटा घटनाबाट हामीले बचाउन सफल भएका छाै ।”
गण अन्तर्गत पुलचाेकमा रहेकाे टाेलीले उहाँकाे निगरानी सहित आत्महत्याबाट वचाएकाे हाे ।

प्रतिक्रिया दिनुहोस !