चितवन: नेपाली काँग्रेसका नेता डा. शशांक कोइरालाले दुईवटा ठूला दल मिलेर सरकार वनाउनु राम्रो कुरा भएको बताउनुभएको छ । आज यहाँ पत्रकारहरुसंग कुराकानी गर्दै उहाँले देशमा राजनैतिक स्थिरताका लागि दुई ठूला दल मिलेर सरकार वनाउनु राम्रो भएको बताउनुभएको हो ।
उहाँले भन्नुभयो “दुई ठूला दल मिल्नु राम्रो कुरा भए पनि लोकतन्त्रमा प्रतिपक्ष पनि त्यतिकै बलियो हुन आबश्यक छ । नत्र एकतन्त्रीय शासन लागु हुन सक्ने सम्भावना हुन्छ ।” दुईवटा ठूला दल मिलेर बिकास उन्मुख हुनु, वजेट बनाउने, सबैलाई मिलाएर हरेक ठाउँमा वजेट बितरण समानुपातीक गर्नु राम्रो कुरा भएको उहाँले बताउनुभयो । सबै ठाउँमा बिकास हुने गरी वजेट बितरण आबश्यक रहेको उहाँको भनाई थियो ।
संघियता कार्यान्वयनमा गईसकेको भए पनि यसलाई बुझ्न अझै नसकिएको उहाँले बताउनुभयो । संघले वजेट बाँडफाँड गर्दा प्रदेशहरुलाई दृष्ट्रिगत गरेर गर्नु पर्ने नेता कोईरालाले बताउनुभयो । उहाँले भन्नुभयो “बिकेन्द्रिकरणले मात्रै बिकास सम्भव हुन्छ । यसलाई पार्टी भित्र पनि कार्यान्वयनमा लैजानु पर्छ ।” कुनै उम्मेदवार छनोट देखि अन्य प्रकृया पालिका, जिल्ला र प्रदेशलाई जिम्मेवारी दिन सके गुट व्युतिन नसक्ने उहाँको भनाई थियो । अधिकार स्थानिय तहमानै दिनुपर्नेमा उहाँको जोड थियो ।
फरक प्रसंगमा बोल्दै नेता कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदलाई संम्बोधन गरेर राजिनामा दिने बिश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो “मलाई केलाग्छ भने पर्सि उहाँले हाउसमा बोलेर राजिनामा दिनुहुन्छ भन्ने लाग्छ । उहाँले छोड्नै प¥यो । गलत्याएर निकाल्ने होईन ।” मार्ग प्रसस्त नगरे प्रकृयामा जाने उहाँको भनाई छ । दुई दल बिच भएको सहमती अनुसार पहिलो चरणमा केपी शर्मा ओली र दोस्रो चरणमा शेरवहादुर देउवा प्रधानमन्त्री वन्ने उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस !