चितवनः प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नीति कार्यक्रम, वजेट जनता र राष्ट्रको पक्षमा रहेको बताउनुभएको छ । आज यहाँ पत्रकारहरुसंग कुराकानी गदै उहाँले बजेट समग्रमा सन्तोषजनक र राम्रो रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो “मलाई लाग्छ यो प्रतिनिधि सभाबाट पारित पनि हुन्छ ।” शुसासन, न्याय र सामाजिक सम्बृद्धिको क्षेत्रमापनि थुप्रै सकारात्मक पहलहरु आएको उहाँको भनाई थियो । उहाँले थप्नुभयो “यो सन्तोषजनक छ । मैले पहिला भने जस्तै । राष्ट्र र जनताको अपेक्षा अनुसार अझै गति दिनुपर्छ भन्ने आबश्यकता म ठान्छु ।”
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बजेटका बारेमा गर्नुभएको टिप्पणीका सन्दर्भमा पत्रकारहरुले सोधेका प्रश्नको जवाफ दिदैं उहाँले भन्नुभयो “असन्तुष्टि देखाए जस्तो गर्नु भएको हो । असन्तुष्टि छैन । यो गठवन्धन राम्रै संग जान्छ । मिडियामा आउने रिउमरहरुमा कुनै सत्यता छैन । यो समिकरण राम्रै संग अगाडी जान्छ ।” अर्को प्रसंगमा उहाँले स्वतन्त्र पार्टीबाट प्रतिनिधित्व गर्नुभएका मन्त्रीहरुले उठाउनुभएको राजिनामा पत्रको सन्दर्भमा प्रधानमन्त्री दाहालले भन्नुभयो “रबि जीले सुरुमानै भन्नुहुन्थ्यो हामी त्यस्ता हौ भनेर त्यो चाही आफ्नो पहिचानका निम्ति पनि उहाँहरुलाई भन्नुपर्ने आबश्यकता होला । तर मैले बुझेकोमा केही पनि छैन ।”
प्रहरी महानिरिक्षकको परिवर्तनका सन्दर्भमा सोधिएको प्रश्नमा प्रधानमन्त्री दाहालले आँफुले तीनै जनालाई बोलाएर कुनै परिवर्तन नहुने प्रष्ट पारिसकेको बताउनुभयो । उहाँले भन्नुभयो “मैले अस्तिको दिन मात्रै तीनजनानै आईजिपिहरुलाई बोलाएर केही परिवर्तन हुँदैन तपाईहरु ढुक्क संग काम गर्नुु् भनि सकेको छु । त्यही स्प्रिटमा उहाँहरुले काम गर्नुभएको छ । यो हल्ला मात्रै हो ।”

प्रतिक्रिया दिनुहोस !