चितवनः माओवादी केन्द्रका केन्द्रिय सदस्य कालिबहादुर खाम कारागार चलान भएका छन् । व्यापारी रामहरि श्रेष्ठको अपहरण पछि हत्याको आरोपमा पक्राउ परेका केन्द्रीय सदस्य खाम पुर्पक्षका लागि कारागार चलना भएका हुन् । उनलाई जिल्ला न्यायधिश दयाराम ढकालको इजलाशले आज पुर्पक्षका लागि कारागार पठाउने आदेश गरेको हो ।
चितवन जिल्ला अदालतका श्रेष्तेदार बिष्णुप्रसाद आचार्यका अनुसार ५० वर्षिय खामलाई पुर्पक्षमा राखी साक्षी बुझ्न आदेश भएको हो । खामलाई चैत २० गते काठाडौं प्रहरीले पक्राउ गरि चितवन पठाएको थियो ।
प्रतिबादीका तर्फबाट बरिष्ठ अधिबक्ता धर्मराज आचार्य, अधिबक्ताहरु गोपिलाल देवकोटा, खगराज कंडेल, लक्ष्मण अधिकारी, बिजय हमाल, रामचन्द्र गौतम, किशोर पौडेल र पबित्रा सुवेदीले वहश गर्नुभएको थियो । बादीका तर्फबाट जिल्ला न्यायधिबक्ता शान्ती प्रसाद लुइटेल र सहायक जिल्ला न्यायधिबक्ता अमृत सुवेदीले वहश गर्नुभएको थियो भने जाहेरवालाका तर्फबाट अधिबक्ता पुस्पराज पौडेलले बहश गर्नु भएको आचार्यले जानकारी दिनुभयो ।
बि. सं. २०६५ साल बैशाख १५ गते व्यवसायी श्रेष्ठलाई कोटेश्वरबाट अपहरण गरि जिल्लाको शक्तिखोरमा ल्याएर कुटपिट पछि हत्या गरिएको थियो । उनको शब बैशाख २८ गते नारायणी नदीमा भेटिएको थियो ।
यस मुद्दामा संलङ्न भएको आरोपमा पाँच जना बिरुद्द कतव्र्य ज्यान मुद्दा दर्ता भएको थियो । आरोपि मध्ये गोविन्दबहादुर बटाला र अर्जुन कार्कीलाई पक्राउ गरि कारवाही समेत गरी सकीएको छ । बटलाले तीन वर्ष कैद तोकिएको थियो भने कार्कीलाई सामान्य जरीवाना लिएर छोडेको थियो । सोही मुद्दाका अझै दुईजना केशब अधिकारी र गंगाराम थापा पक्राउ पर्न सकेका छैनन् ।
–––

प्रतिक्रिया दिनुहोस !