चितवन: प्रधान न्यायधीश विश्वम्भरप्रसाद श्रेष्ठले पाँच वर्ष भन्दा माथिका मुद्दाहरुलाई अभियान चलायर छिटो गर्न सर्वोच्च अदालत प्रतिवद्द रहेको बताउनुभएको छ । आज यहाँ पत्रकारहरु संग कुराकानी गर्दै उहाँले अहिले सर्बेच्चमा १० वर्ष भन्दा अघिका ४० वटा मुद्दा रहेको भन्दै ५ वर्ष भन्दा माथि मुद्धाहरु छिटो फच्छ्यौट गर्ने प्रकृयामा रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो “५ वर्ष नाघेका मुद्दाहरुलाई बिशेष अभियान चलायर अब धेरै ढिलाभयो भनेर यसलाई निश्चित रुपमा कानुनी बाटो अपनाएर छिटो छरीतो गर्ने कुरामा प्रतिबद्द छौ ।” उहाँले थप्नुभयो “सबैभन्दा पुरानो भनेको २०६७ सालका मुद्दाहरु पनि छन् ती मुद्धाहरुलाई मुद्दा व्यवस्थापन पद्दतीबाट त्यसलाई न्यूनिकरण गर्न थालिएको छ । हामी गरिरहेका छौ ।” अहिले मुद्दाहरुको व्यवस्थापन नगरेको भए ठूलो संख्यामा मुद्दाहरु बाँकी रहने उहाँको भनाई थियो ।
आँफु सर्बोच्चमा आउनु अघि देखिका मुद्दाहरु बिभिन्न कारणले रहेको उहाँले बताउनुभयो । मुद्दा फैसलामा आजको भोलिनै भने जस्तो नहुने भन्दै उहाँले फैसलाको समेत प्रकृया र कानुनी कुराहरुमा भर पर्ने बताउनुभयो । आँफु सर्बोचच अदालतको सुधारको प्रकृयामा रहेको उहाँको भनाई थियो । पछिल्लो समयमा बनेका कानुनहरुका कारण पनि देशभरका अदालतमा मुद्दाहरुको संख्या बढोत्तरी भएको उहाँदे बताउनुभयो । उहाँले भन्नुभयो “हरेक ठाउँमा परेका मुद्दाहरु पहिलेको तुलामा अहिले संख्या धेरै छ ।”
परेका मुद्धाहरुको व्यवस्थापनका लागि समय लाग्ने भन्दै उहाँले न्याय सम्पादनमा गर्ने काम कारवाहीमा बिभिन्न कार्यबिधिबत कुराहरुको पालना गर्नै पर्ने बताउनुभयो । उहाँले थप्नुभयो “अदालतले गरेको काम कारवाहीको तुलनात्मक रुपमा अहिले व्यवस्थित ढङ्गले, व्यवस्थित बिधिबाट छिटो गर्नुपर्छ भनेर जिल्ला अदालत, उच्च अदालतमा सबै ठाउँमा राम्रै दृष्टिकोणले मुद्दा फैसला भएको छ ।” अदालतहरुमा कर्मचारी र न्यायधिहरुको व्यवस्थापन मुद्दाको चाप अनुसार भईरहेको उहाँको भनाई थियो । अहिले भएको जनशक्तिका आधारमा न्यायधिशहरुको व्यवस्थापन गरिएको उहाँले बताउनुभयो । जिर्ण भएका अदालतहरुलाई नयाँ बनाउनका लागि सरकार संग पहलहरु भईरहेको भन्दै उहाँले सबैको सहयोग र समन्वयबाट यी कामहरु पुरा हुने विश्वास व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस !